NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने मङ्लबार कार्तिक १८ , २०८२
फुटबल खेलाडीहरुले किन दिए आन्दोलनको चेतावनी ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

एसिया कपः नेपाललाई घातक हुनसक्ने पाकिस्तानी खेलाडी कस्ता छन् ?

शनिबार साउन २७ , २०८०
Reading Time: 1 min read
A A
एसिया कपः नेपाललाई घातक हुनसक्ने पाकिस्तानी खेलाडी कस्ता छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ साउन,एजेन्सी ।
एसिया कप क्रिकेट सुरु हुन अब १८ दिन बाँकी छ । प्रतियोगिताको पहिलो खेल नै नेपालले आयोजक राष्ट्र पाकिस्तानविरुद्ध खेल्दैछ । आयोजनास्थललाई लिएर लामो समय खिचातानीपछि एसिया कप पाकिस्तान र श्रीलंकामा हुने टुंगो लागेको छ । अगष्ट ३० मा पाकिस्तानमा हुने उद्घाटन खेलमा नेपालले घरेलु टोलीको सामना गर्नुपर्नेछ ।

पाकिस्तान क्रिकेटको पावर हाउस राष्ट्र हो । एक दिवसीय र टी–२० विश्वकपसमेत जितिसकेको पाकिस्तान एसिया कपका दुईवटा संस्करणमा च्याम्पियन भएको छ । सन् २००० र सन् २०१२ को एसिया कपमा पाकिस्तानले उपाधि जितेको थियो । अहिले पनि पाकिस्तान एसिया कपको एक दावेदार हो । यता, नेपाल भने पहिलोपटक यो प्रतियोगिता खेल्दैछ ।

यसअघि एकपटक नेपाल एसिया कपका लागि छनोट भएर पनि खेल्न पाएको थिएन । यसपालिको एसिया कपमा नेपालको समूहमा पाकिस्तानसँगै भारत पनि छ । पाकिस्तानसँग नेपालको खेल मुल्तानमा हुनेछ भने भारतसँगको खेल सेप्टेम्बर ४ मा श्रीलंकाको केन्डीमा हुनेछ । उद्घाटन खेल खेल्ने नेपालले त्यसको तयारीका लागि पाकिस्तानमा एक हप्ता अभ्यास गर्ने भएको छ ।

LS Auto

नेपालले तयारीका लागि पाकिस्तानी क्रिकेट बोर्डसम्म समय मागेको थियो । पाकिस्तानी क्रिकेट बोर्डले अभ्यासका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मागेको समय उपलब्ध गराएको छ । नेपाल अभ्यासका लागि २२ अगस्टमा कराँची पुग्ने छ । कराँचीमा अभ्यास गरेपछि नेपाली टिम २७ अगस्टमा कराँचीबाट मुल्तान जानेछ ।

नेपालले क्रिकेटको पावर हाउससंग भिड्दा पाकिस्तानका खेलाडि कस्ता छन् ?

बाबर आजम = पाकिस्तानी कप्तान बाबर पछिल्लो समय विश्व क्रिकेटकै प्रतिभाशाली खेलाडी हुन । विपक्षी टोलीका लागि उनी सधैँ घातक बन्छन । उनको कप्तानीमा पाकिस्तानले धेरै उपलब्धि हासिल गरेको छ । एकदिवसीयमा उनले फरक प्रभाव राखेका छन । २०१५ बाट एकदिवसीय क्रिकेट सुरु गरेका बाबरले सय खेल संख्या पार गरिसकेका छन । अहिले पाकिस्तानी खेलाडीमध्ये सर्वाधिक रन बनाउने उनी एक्ला खेलाडी हुन । ९८ इनिङ्स खेलेका २८ वर्षीय बाबरले पाँच हजार ८९ रन जोडेका छन । दायाँहाते अग्रपंक्तिका ब्याट्सम्यान बाबरको उच्च स्कोर १५८ रन हो ।

इमान उल हक = २७ वर्षीय अनुभवी ओपनर इमान उल हक पाकिस्तानका अर्का प्रतिभावान खेलाडी हुन । २०१७ डेब्यु गरेका उनले ५९ खेलमा दुई हजार सात सय १९ रन बनाएका छन । करिअरमै उनले सर्वाधिक १५१ रन प्रहार गरेका छन । उनको औसत रन ५१.३० छ । बायाँहाते ब्याट्सम्यानले श्रीलंकाविरुद्ध आबुधाबीमा डेब्यु गरेका हुन । इमाम उल हकसँग दबाबबीच पनि लामो इनिङ खेल्ने क्षमता छ । त्यसले पनि उनी सधैँ ओपनरकै रूपमा मैदानमा उत्रन्छन ।

मोहम्मद रिजवान= विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मदको आफ्नै विशेषता छ । ३१ वर्षीय टप अर्डरका ब्याट्सम्यान उनी पार्टटाइम स्पिनर पनि हुन । २०१५ यता एकदिवसीय क्रिकेट खेल्दै आएका रिजवानले ५७ खेलमा एक हजार चार सय आठ रन बनाएका छन । दायाँहाते ब्याट्सम्यानले सर्वाधिक ११५ रन बनाएका छन । ५० ओभरको खेलमा उनले दुई शतक र ९ अर्धशतक बनाएका छन् । पछिल्लो समय रिजवान विश्व क्रिकेटका उत्कृष्ट विकेटकिपर र ब्याट्सम्यान मानिन्छन ।

साहिन साह अफ्रिदी=
२०२१ को आइसिसी टी–२० विश्वकपपछि अफ्रिदीको चर्चा ह्वात्तै बढ्यो । भारतविरुद्धको खेलले उनलाई विश्वले चिन्ने अवसर पायो । भारतविरुद्ध १० विकेटको सानदार जितमा उनले तीन विकेट लिएका थिए । उनकै प्रदर्शनमा पाकिस्तानले पहिलोपटक टी–२० विश्वकपमा भारतलाई हरायो । २३ वर्षीय बायाँहाते तीव्रगतिका बलर अफ्रिदीले पाकिस्तानका लागि ३६ एकदिवसीय खेल खेलेका छन । उनले ७० विकेट लिएका छन । ६.६ फिट अग्ला फास्ट बलर अफ्रिदीको उत्कृष्ट प्रदर्शन ६÷३५ हो । पछिल्लो समय उनले पाकिस्तानी घरेलु प्रतियोगिता र सिनियर टोलीमा कीर्तिमान बनाएका छन ।

नसिम साह=अफ्रिदीपछि पाकिस्तानी टोली बलिङतर्फ नसिम साहमा निर्भर छ । २० वर्षीय दायाँहाते तीव्रगतिका बलर साहले आफूलाई अन्तर्राष्ट्रिय खेलमा प्रमाणित गरिसकेका छन् । लिस्ट ए क्रिकेटमा उनले १५ वर्षमै डेब्यु गरेका थिए । उनले सन् २०२२ मा नेदरल्यान्डस्विरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । टेस्ट क्रिकेटमा उनले बंगलादेशविरुद्ध ह्याट्रिक विकेटको प्रदर्शन राखेका छन । एकदिवसीय क्रिकेटमा आठ खेल खेल्दा उनले २३ विकेट लिएका छन । उनको उत्कृष्ट प्रदर्शन ५÷३३ हो ।

पकिस्तानी टोलीका अन्य खेलाडीहरुमा सदाब खान, अब्दुल्लाह सफिक, फहिम अस्राफ, फकार जमान, हरिस रार्फ, इफ्तिकार अहमद, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद वासिम (जुनियर), सलमान अली अगाह, साउद सकिल, तयाब ताहिर र उस्मा मिर रहेका छन् ।यसैबीच नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिया कपमा नेपालले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गर्ने बताएका छन् ।

ग्लोबल टि२० क्यानडामा सानदार प्रदर्शन गरेर स्वदेश फर्किएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । सन्दीपले भारत र पाकिस्तानसँग खेल्दा दबाब नभएर ठूलो अवसर भएको बताउँछन् । सन्दीपले इन्डियन प्रिमियर लिग देखी बिग ब्यास लिगसम्म खेलेका छन् । सन्दीपसँग बाबर आजम, विराट कोहली जस्ता विश्वस्तरिय ब्याटरविरुद्ध खेलेको अनुभव छ । तर अन्य नेपाली खेलाडीमा त्यो अनुभव छैन । सन्दीप अन्य खेलाडीहरुले आफूलाई विश्वास गर्नुपर्ने बताउँछन् ।

Tags: #एसिया कप

लोकप्रीय

काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ?

मङ्लबार कार्तिक १८ , २०८२

विचार

काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ?

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले
ताजा समाचार

देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ?

मङ्लबार कार्तिक १८ , २०८२
विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने
खेलकुद

विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

विश्वकप लिग २ः नेपाल सातौं, ओडीआई जोगाउन ५ भित्र रहनुपर्ने

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ?

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.