अल नासर अरब क्लब कपको च्याम्पियन

२८ साउन, एजेन्सी ।
पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ । शनिबार राति किङ पद स्टेडियममा भएको फाइनलमा अल नासारले अतिरिक्त समयमा अल हिलालविरुद्ध २–१ को कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो ।

च्याम्पियन अल नासारको जितमा कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलले गरेको गोल सान्त्वना बन्न पुग्यो । खेलको ५१औं मिनेटमा माइकलको गोलमा अल हिलाले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो । खेलको ७०औं मिनेटमा अल नासार १० खेलाडीमा समेटिएको थियो ।

अब्दुल्लाह अल एम्रीले सिधै रातो कार्ड खाँदै मैदान छाडेका थिए । खेलको ७४औं मिनेटमा रोनाल्डोको गोलमा अल नासार खेलमा फर्किएको थियो । जितका लागि सर्घष गरिरहेको अल नासारका वैकल्पिक खेलाडी नवाफ बौसल पनि रातो कार्ड खाँदै मैदान छाडेपछि टोली दबाबमा परेको थियो ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा रोनाल्डोले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए । त्यसको केही समयपछि चोटका कारण रोनाल्डोले मैदान छाडेका थिए ।

रोनाल्डोले समूह चरण बाहेकका सबै खेलमा गोल गरेका छन् । अल नासारले सन् २०२१ को डिसेम्बरपछि पहिलोपटक अन हिलाललाई हराएको हो । रोनाल्डोको कप्तानीमा रहेको अल नासारले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा सोमबार अल इटिफकसँग खेल्नेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top