पहिलो कारोबारको दिन दोहोरो अंकले बढ्यो नेप्से

पहिलो कारोबारको दिन दोहोरो अंकले बढ्यो नेप्से

२८ साउन ,काठमाडौँ ।

पहिलो कारोबारको दिन दोहोरो अंकले नेप्से बढ्योसाताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १४.८१ अंकले बढ्दै १ हजार ८०.८६ अंकको विन्दुमा उक्लिएको हो ।

यस्तै आज कारोबारमा समेत सुधार हुँदै ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको ९७ करोड १८ लाख कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।यस दिन फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनानस र अन्य उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज मात्र दोस्रो बजारमा कारोबार शुरु भएको घोराही सिमेन्टको मूल्यमा ९.९९ प्रतिशतले गिरावट आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.