×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

भागे भनेपछि बालुवाटार जग्गा हिनामिनामा माधवले मुख खोले

२९ श्रावण २०८०

२९ साउन, काठमाण्डौ ।
युरोपका विभिन्न देशको एक साता लामो भ्रमणका लागि गएका सत्तारुढ गठबन्धनको दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफ्नो निर्धारित भ्रमण तालिका छोट्याएर स्वदेश फर्किएका छन् । उनले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

युरोप भ्रमण सकेर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले उक्त जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताए। नेपालले आफूले ७ रोपनी थप जग्गा नेपाल सरकारको नाममा ल्याउन सफल भएकशो दाबी गरे। उनले भने, ‘७ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने सफल भएको छु।

Advertisement

त्यहाँ कोही नक्कली मोहीको नाम प¥यो कि भन्ने कुरा छ। त्यो तथ्य, तथ्याङ्कले घटनाको प्याक्ट एण्ड फिगरले यी सबै कुरा बताउला। जो जो त्यसमा संग्लन छन् भन्ने कुरा पनि होला। मेरो यसमा कुनै संग्लग्नता रहेको छैन। मेरो पालामा यो जटिलता, अफ्ठ्यारो झमेला कसैले भनेको थिएन।’ उनले आफू निर्दोष कोही नफसुन र दोषी कोही नउम्किउन भन्ने मान्यतामा रहेको बताए।

‘नबिराउनु न डराउनु’ भन्ने आफ्नो मान्यता रहेको पनि नेपालले उल्लेख गरे। ‘यो मेरो सुरुदेखिको मान्यता रहेको छ। मैले कुनै विराएको छैन। कुनै बदमासी गरेको छैन। कुनै अपराध गरेको छैन। कुनै भ्रष्टाचार गरेको छैन। कुनै लेनदेन गरेको छैन,’ नेपालले भनेका छन् । आफूले कुनै गल्ती नगरेका कारण नआत्तिएको नेपालले दाबी गरे। अध्यक्ष नेपालले केही कुरामा भने चित्त दुखेको बताए।

केही बदमासी भएको छ भने त्यसमा छानबिन होस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै नेपालले छानबिनका आफूले पूर्ण सहयोग गर्ने बताए। ‘केही बदमासी भएको रहेछ भने त्यसमा छानबिन होस्। त्यसमा मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ,’ नेपालले भनेका छन् । पूर्वप्रधानमन्त्री नेपालले आफू नभागेको पनि प्रष्टीकरण दिएका छन् ।

सर्वोच्चबाट ललिता निवासको छानबिन अघि बढाउन आदेश आएको भोलिपल्टै आफू पूर्वनिर्धारित कार्यक्रममा विदेश गएको सन्दर्भमा माधव नेपाल भाग्यो भनेर हल्ला फैलाएको उनको टिप्पणी थियो । उनले आफू जस्तोसुकै चुनौतीको सामना गर्ने नेचर बोकेको मान्छे भएकाले फेस गर्ने जिकिर गरेका छन् ।

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ’, नेपालको भनाइ थियो ।

सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको उनले बताए । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र डा बाबुराम भट्टराईलाई समेत अनुशन्धान गर्न सर्वाे अदालतले आदेश दिएको छ। दुवै पूर्व प्रधानमन्त्रीले अनुशन्धानका लागि सहयोग गर्न तयार रहेको बताएपछि सीआईबीले उनीहरुमाथि हुने अनुशन्धानका विषयमा केही बोलेको छैन् ।

बालुवाटार जग्गा प्रकरणमा डेढ दर्जन ब्यक्तिहरुलाई पक्राउ गरेर अहिले सीआईबीले अनुशन्धान गरिरहेको छ । यही प्रकरणमा कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारसहित पूर्व राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर उनीहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top