×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

पीएजजीले नेयमारलाई बेच्ने, अल हिलालसँग कुरो मिल्यो

२९ श्रावण २०८०

२९ साउन, एजेन्सी ।
विश्व चर्चित फुटबलरहरुको हब बन्दै गएको खाडी राष्ट्र साउदी अरबमा अब ब्राजिलियन स्टार नेयमार पनि जाने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अर्जेन्टिनी स्टार मेसी, फ्रान्सेली स्टार एम्बाप्पेलाई भित्र्याउन प्रयास विफल भएपनि हार नमानेको साउदी क्लब अल हिलालले नेयमारलाई भित्र्याउने अन्तिम तयारी गरेको छ ।

गोल डटकमका अनुसार नेयमार र साउदी क्लब अल हिलालबीच सहमति भएको छ। नेयमार हाल फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध छन् । उनलाई अन्य क्लबमा जान दबाब बढाउँदै पीएसजीले नेयमारलाई सिजनको पहिलो खेलमा मैदान उतारेको थिएन ।यसअघि अल हिलालले गरेको प्रस्ताव पीएसजीले स्विकारिसकेको छ ।

Advertisement

यसअघि पीएसजीले सन् २०१७ मा नेयमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्य तिरेर भित्र्याएको थियो । ३१ वर्षीय नेयमार गत मार्चयता मैदान उत्रिएका छैनन्। यसबीचमा उनले गोलिगाँठा लिगामेन्टको शल्यक्रिया गरेका थिए । गत वर्ष क्रिस्टियानो रोनाल्डो अल नासरमा आबद्ध भएपछि युरोपमा खेलिरहेका विश्व चर्चित खेलाडीको आकर्षण साउदी क्लब फुटबलमा देखिएको छ ।

रोनाल्डोले नासरलाई उपाधि समेत जिताइसकेका छन् । क्लबलाई उपाधि दिलाउने उनले धेरै खेलमा निर्णायक गोल गरेका थिए । यस्तैसेडियो माने, करि बेन्जेमा, फिरमिनोसहित थुप्रै विश्व चर्चित खेलाडीहरू यसबीचमा साउदी अरबको प्रो लिगका लागि आबद्ध भइसकेका छन् । खेलाडीहरुको साउदी मोहले फुटबलमा युरोपेली क्लबको दबदबा अब अनत्य हुने देखिदै आएको छ ।

साउदीले हरेकजसो खेलाडीहरुलाई कीर्तिमानी मूल्यमा भित्र्याउदै आएको छ । यसअघि मेसी र एम्पाप्पेलाई पनि कीर्तिमानी मूल्य अफर गरिएको थियो । जसमा मेसीले अस्वीकार गरेर अमेरिका पुगिसकेका छन् भने एम्बाप्पे पीएसजीसँगको असमझदारी अन्त्य गर्दै केहीदिनको असन्तुष्टिपछि प्रशिक्षणमा फर्किसकेका छन् ।

हिलालले केलियन एमबाप्पेका लागि २५९ मिलियनको विश्व कीर्तिमानी प्रस्ताव गरेको थियो । तरपनि एम्वाप्पेले पीएसजीसँगको खराब सम्बन्धको बाबजुद पनि यो प्रस्ताव अस्वीकार गरेका थिए । एम्बाप्पेको पीएसजीसँग अझै एक वर्षको सम्झौता रहेको छ ।

Advertisement

नेयमार भने यसअघि आफ्नो पूर्व क्लब बार्सिलोनामा पनि फर्किन सक्ने चर्चा चलेको थियो । नेयमारले पीएसजीका लागि १ सय ७३ खेलमा ११८ गोल गरिसकेका छन् । यसअघि वार्सिलोनामा उनले १८६ खेलमा १०५ गोल गरेका थिए । उनले पूर्वक्लब सान्टोसका लागि १३६ र ब्राजिलको राष्ट्रिय टिमबाट ७७ गोल गरिसकेका छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top