×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

सुन प्रकरणको अनुशन्धान बारे कांग्रेसको धारणा के हो ?

२९ श्रावण २०८०

२९ साउन, काठमाण्डौ ।
सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको भन्दै आज पनि नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारे । एमालेको अवरोधसँगै सभामुख देवराज घिमिरेले आइतबार सम्मका लागि संसद् बैठक स्थगित भएको घोषणा गरेका छन् । यता नेपाली काँग्रेसले भने आजै छानविन समितिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

यसअघि काँग्रेसका सांसदहरुले पनि छानविन समितिको माग गर्दै आएकोमा आज काँग्रेसले समिति आवस्यक नभएको भन्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । काँग्रेसमा खासगरि इतर समूहका नेताहरुले उच्च स्तरीय छानविन समितिको माग गरेका थिए । अर आज कांग्रेसले साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणको छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको हो ।

Advertisement

तीन दिनसम्म बसेको संसदीय दलको बैठकका निष्कर्ष सुनाउँदै सोमबार प्रमुख सचेतक रमेश लेखले यसबारे जानकारी दिएका हुन् । ‘त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे कांग्रेस गम्भीर भएको छ । अवैधरुपमा सुन बाहिरिनु चिन्ताजनक छ ।

यस्ता गैरकानुननी कार्य पूर्णरुपले निष्तेज र नियन्त्रण हुनुपर्छ’, उनले भने, ‘यस्ता प्रकृतिको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो लगायतले छानबिन गरिरहेका छन्। कांग्रेसले यस घटनाको गहिराइमा गएर अनुसन्धान गर्न आग्रह गरेको छ।’ लेखकले अहिले नै कांग्रेस सुन प्रकरणका लागि उच्चस्तरीय समिति चाहिन्छ भन्ने पक्षमा पुगिनसकेको बताए ।

‘हामीले सरकारलाई यो विषयमा सत्य तथ्य छानबिनका लागि स्वतन्त्र निष्पक्ष र गहिराइमा गई अभियोजन गर्न भनेका छौँ’, उनले भने, ‘अहिलेका लागि सीआईबीले छानबिन गरिरहेको छ। यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ। अहिले नै अर्को समितितिर जानु पर्छ भन्ने पक्षमा कांग्रेस छैन।’

काँग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिरहँदा उता संसदमा आज पनि सांसद सुनिल शर्माले गृहमन्त्री र प्रधानमन्त्रीले आतंकबादी सरकारको नेतृत्व गरेको आरोप लगाउँदै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागे । गृहमन्त्रीले राजीनामा नदिए आफूले आमरण अनसन बस्ने पनि पुनः घोषणा गरे ।

यस्तै एमालेका सांसद मानवीर राईले पनि सरकारको विरोध गरेका थिए । सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको भन्दै राईले विरोध जनाएका थिए । यसैबीच कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने सुन बढी तस्करी हुन थालेकाले राज्यले पनि त्यहीअनुसार सोच्नुपर्ने बताएका छन् ।

संसदीय दलको बैठकमा उनले सुन धेरै तस्करी हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको एक सांसदले जानकारी दिए । त्यसो गर्दा यसले तस्करीको बाटो रोकिने देउवाको धारणा छ । महामन्त्री गगन थापाले भने सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

पछिल्ला दिनमा नेताहरुले विभिन्न भ्रष्टाचार तथा अनियमितता प्रकरणको नाम लिँदै छानबिन माग गरिरहेको भन्दै थापाले हाल स्मृतिमा रहेका सबै ठूला काण्डहरुको फाइल खोल्नुपर्ने धारणा राखेका हुन् । कांग्रेस संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भने, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।’

Advertisement

पछिल्ला दिनमा विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुले अरु अरु काण्डको नाम लिँदै अनुसन्धान हुनुपर्छ भन्न थालेको भन्दै थापाले पछिल्लो समयमा स्मृतिमा रहेका सबै काण्डको फाइल खोल्नुपर्ने बताएका हुन्। महामन्त्री थापाले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले आइतबार माओवादी पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको प्रसंग पनि कोट्याए । उनले यो विषय माओवादीले स्पष्ट गरेर मात्र नहुने भन्दै प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने बताए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top