×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

चन्द्रयानको ब्याट्री सकिएपछि के होला ?

८ भाद्र २०८०

८ भदौ ,एजेन्सी ।
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पु¥याएको रोभरले चन्द्रमा सतहमा पहिलो यात्रा सुरु गरेको छ । इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर अवतरण गराएको एक दिनपछि ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो । चन्द्रयान–३ ले लगेको ’विक्रम’ नामक ल्यान्डरबाट रोभर बिहीवार बाहिर ओर्लिएर चन्द्रमामा हिँडेको हो ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो)ले “भारत चन्द्रमामा हिँडेको” बताएको छ । विक्रम ल्यान्डर योजनाअनुरूप नै बुधवार साँझ चन्द्र सतहमा सकुशल अवतरण भएको थियो । यससँगै अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीनपछि भारत चन्द्रमामा सकुशल अवतरण गर्ने देश बनेको छ । प्रज्ञान नामक रोभरको तौल २६ किलोग्राम छ ।

Advertisement
Advertisement

संस्कृत शब्द प्रज्ञानको अर्थ विवेक वा बुद्धि भन्ने हुन्छ । उक्त रोभरलाई विक्रम ल्यान्डरभित्र राखेर लगिएको थियो । बुधवार साँझ अवतरणका क्रममा उडेको धुलो कम भएपछि विक्रमको एकापट्टि भएको ढोका खुलेको थियो । उक्त ढोकाबाट प्रज्ञानलाई चन्द्रमाको सतहमा ओराल्न बनाइएको भ¥याङ बाहिर निस्किएको थियो र त्यसबाट प्रज्ञान चन्द्र सतहमा ओर्लिएको थियो ।

त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर उक्त रोभरले महत्त्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ । प्रज्ञानमा जडान गरिएका दुईवटा वैज्ञानिक उपकरणहरूले चन्द्र सतहमा उपलब्ध खनिजहरूका प्रकारहरू पत्ता लगाउनुका साथै त्यहाँ रहेको माटोको रासायनिक संरचनाबारे अध्ययन गर्ने छ । प्रज्ञानको सूचना आदानप्रदान ल्यान्डरसँग मात्रै हुन्छ ।

ल्यान्डरले चन्द्रयान–२ ले यसअघिनै छोडेको अर्बिटरमा सूचना पठाउँछ । अझै पनि चन्द्रमालाई परिक्रमा गरिरहेको चन्द्रयान–२ ले उक्त सूचना विश्लेषणका लागि पृथ्वीमा पठाउँछ । भारतको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार उक्त रोभर एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ । आफ्नो प्रत्येक चालमा रोभरले आफ्ना छवटा चक्कामा जडान गरिएको इसरोको लोगो र प्रतीक चिह्न माटोमा बनाउने छ।

चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लूनर डे’ को आरम्भकै दिन भारतले प्रक्षेपण गरेको रोभरयुक्त ल्यान्डर चन्द्रमामा अवतरण गरेको थियो । चन्द्रमामा एक दिन बराबर पृथ्वीमा २८ दिन हुन्छ । त्यसको अर्थ ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुनका लागि १४ दिन निरन्तर सूर्यको प्रकाश पुग्छ । तर रात पर्दा ब्याट्रीमा चार्ज नहुने भएकाले तिनले काम गर्न छोड्छन् ।

चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम गर्छ वा गर्दैन स्पष्ट छैन । उक्त ल्यान्डरले अन्य कैयौँ वैज्ञानिक उपकरणहरू पनि लिएर गएको छ। ती उपकरणले चन्द्रमाको सतहमा, त्यसभन्दा मुनीको भागमा र सतहमाथि के हुन्छ भन्ने पत्ता लगायत सहयोग गर्छन् । चन्द्रमामा महत्त्वपूर्ण खनिजहरू भएको विश्वास गरिन्छ । तर चन्द्रयान–३ को प्रमुख उद्देश्य पानीको खोजी गर्नु हो ।

Advertisement

वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला खाडलहरूमा सधैँ छाया पर्ने भएका कारण त्यहाँ बरफ जमेको हुनसक्ने र त्यसले भविष्यमा त्यहाँ जाने मानिसलाई सहयोग पुग्ने बताउने गरेका छन् । मङ्गल वा टाढाका अन्य ग्रहहरूमा अन्तरिक्षयान पठाउनका लागि प्रपेलन्ट अर्थात् इन्धन आपूर्तिका लागि पनि यो स्थान काममा आउन सक्ने उनीहरूको ठम्याइ छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top