×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

धरानमा निषेधाज्ञा / सुन्दर नगरी किन छ अशान्त ?

९ भाद्र २०८०

९ भदौ, विराटनगर ।
सधैंको चहलपहल र पर्यटकहरुले भरिने पूर्वकै सुन्दर नगरी धरान यतिबेला सुनसान छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान चकमन्न बनेको हो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले गए राती १२ बजेदेखि आज राती १२ बजेसम्म लागू हुने गरि निषेध आदेश जारी गरेको छ ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको आह्वान गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । धरानको मंगलबारेमा १५ दिन अगाडि गोरु काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए ।

Advertisement
Advertisement

उनीहरूले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शनको आह्वान गरेका थिए । हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरूले प्रतिकार गर्ने कार्यक्रम राखेपछि सामाजिक सद्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको हो ।

निषेध आदेशको कारण धरान आउने नाकाहरुमा प्रहरीले कडाईका साथ सवारीसाधनहरु चेकजाँच गरिरहेको छ । ठुला सवारी साधनहरु धरान आएको छैन भने धरानबाट पनि ठुला सवारी साधनहरु बाहिरीएको छैन । टेम्पो, मोटरसाइकल, स्कुटीहरु भने चलेका देखिन्छन् । धरानमा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले बताए।

धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसैबीच सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न धरानका सबै राजनीतिक दलले पिल गरेका छन् । धरानका १३ राजनीतिक दलले जारी गरेको संयुक्त अपिलमा केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्दै सबै जाती, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पु¥याउने गतिविधि नगरिदिनु हुन अनुरोध गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ,‘ भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वातावरणसहज बनाउनका लागि भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं।’

जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टी लगायत दलका नेताहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पनि सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गरेका छन्।

यसैगरि प्रदेश एक पुनः नामाङ्कन सङ्घर्ष समितिले पनि सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ । प्रदेशको नाम पुनः नामाङ्कनको लागि गठन भएका पाँच वटा सङ्घर्ष समितिका प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भाव कायम गर्न आग्रह गरेका हुन् ।

Advertisement

धरानका पाँच जना पूर्व मेयरहरुले पनि संयुक्त विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन् । विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि सामाजिक सद्भाव र एकताको लागि पहल गरेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top