लगातार दुई दिनदेखि सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

१० भदौ ८०, आइतबार
Share this
763shares

१० भदौ ,काठमाडौं ।

Advertisement

साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।शुक्रबारदेखि सुनको मूल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ।शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top