×

NEPAL TIMES UPDATES

Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026

मिनी संसद्को मनोनयन आज

१० भाद्र २०८०

१० भदौ, काठमाण्डौ ।
मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको गत बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

Advertisement

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस चार, नेकपा (माओवादी केन्द्र) दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीको एक सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ । हाल संसद्मा चौथो ठूलो दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी छ, उसले पनि आफ्नो मत पुग्ने समितिमा उम्मेदवारी दिन लागेको छ ।

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् । पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्नेछ ।

यसैबीच कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, संसदीय सुनुवाइ समितिमा जीवन परियार, अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने सहमति गरेको छ । कांग्रेसभित्र चार सभापतिमध्ये संस्थापन इतरले दुई समितिको दाबी गरेको थियो ।

यस्तै एमालेले पाएका तीन समिति सभापतिमा सार्वजनिक लेखा समितिको सभापतिको उम्मेदवार ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार किरणकुमार साहलाई बनाउने भएको छ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिको सभापतिका लागि एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउन निर्णय गरेको छ। यसैगरी माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उमेदवार बन्ने भएका छन् ।

प्रमुख दलहरु बीच भागबण्डामा नपरेपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ । उद्योग समितिमा जनमत पाटीले अब्दुल खानलाई अगाडि सारेको छ ।

Advertisement

सत्ता र प्रतिपक्षको समर्थनमा उम्मेदवार बनेका खानसँग रास्वपाका पराजुलीले प्रतिस्पर्धा गर्ने छन् । समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डामा रास्वपा र राप्रपा समेटिएको छैन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top