चन्द्रलोक पुग्न जापान पनि आतुर

चन्द्रलोक पुग्न जापान पनि आतुर

१० भदौ,एजेन्सी ।
भारतले चन्द्रमामा ऐतिहासिक अवतरण गरेपछि अब जापानले पनि आफ्नो ‘चन्द्रयान’ प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । जापानको चन्द्रयानको नाम मुन स्निपर रहेको छ । मुन स्निपरले ल्यान्डर लिएर चन्द्रमामा जानेछ। यो चारदेखि छ महिनामा चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ ।

यसको साथमा ब्रह्माण्डको विकासको जाँच गर्न डिजाइन गरिएको एक्स–रे इमेजिङ उपग्रह पनि हुनेछ। जापानले यसअघि पनि चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयास गरिसकेको छ । तर जापानको अन्तरिक्ष यान चन्द्रमाको सतहसँग ठोक्किएर ध्वस्त भएको थियो । त्यसपछि जापान निराश भयो तर यसको तयारी भने गरिरहेको थियो ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (व्ब्ह्ब्) ले शुक्रबार खराब मौसमका कारण यसको प्रक्षेपण एक दिन पछि सारिएको जनाएको छ । अब जापानको मुन स्निपर सोमबार प्रक्षेपण हुनेछ । जापानको अन्तरिक्ष कार्यक्रम संसारको सबैभन्दा ठूलो मध्ये एक हो। जापानले नोभेम्बर २०२२ मा चन्द्रमामा अवतरण गर्ने पहिलो प्रयास गरेको थियो।

गत महिना पनि चन्द्रमाको लागि बनाइएको रकेट परीक्षणका क्रममा विस्फोट भएको थियो । सो दुर्घटनामा कुनै मानवीय क्षति भने हुन् पाएन । अब जापानी अन्तरिक्ष एजेन्सीको आशा चन्द्रमाको अनुसन्धान गर्न स्मार्ट ल्यान्डरमा छ । यो स्मार्ट ल्यान्डर वा स्लिम धेरै सानो र हल्का हुनेछ। यो केवल २ दशमलव ४ मिटर अग्लो २ दशमलव ७ मिटर चौडा र १ दशमलव७ मिटर लामो र लगभग ७ सय किलोग्राम वजनको छ।

यसको शुद्धताका कारण यसलाई मून स्नाइपर नाम दिइएको छ । जापानी अन्तरिक्ष एजेन्सीले यसलाई चन्द्रमामा निश्चित लक्ष्यभन्दा १०० मिटर भित्र अवतरण गर्ने लक्ष्य राखेको छ। यसमा एउटा सानो रोभर पनि रहनेछ । चन्द्रमाको सतहको जाँच गर्न हत्केलाको आकारको मिनी रोभर प्रयोग गरिनेछ। यो रोभरले आफ्नो आकार परिवर्तन गर्न सक्छ। यो एक खेलौना कम्पनीबाट विकसित गरिएको छ।

रोभरको उद्देश्य चन्द्रमा कसरी बन्यो भनेर पत्ता लगाउन चन्द्रमाको आवरणको खुला टुक्राहरूको अनुसन्धान गर्नु हो। चन्द्रयान–३ को सफलतामा भारतलाई बधाई दिँदै एसएलआईएम परियोजना टोलीका शिनिचिरो सकाइले चन्द्रमामा अवतरण गर्नु निकै जटिल प्रविधि रहेको बताएका छन् । उनले जापानले सक्दो प्रयास जारी राख्ने बताएका छन् । अहिलेसम्म अमेरिका, चीन, रुस र भारत चन्द्रमामा पुगिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.