हालाण्डको पेनाल्टी मिस, म्यानचेस्टरको कठिन जित

११ भदौ, काठमाण्डौ ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खलमा डेफिन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले कठिन जित निकालेको छ। सेफिल्ड युनाइटेडसँग २–१ को कठिन जित निकालेको हो। खेलको ३७औं मिनेटमा सिटीले पाएको पेनाल्टी हालाण्डले प्रहार गरेका थिए। तर उनी गोल गर्न चुके। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

Advertisement

दोस्रो हाफको ६३औं मिनेटमा ज्याक ग्रिलिसको पासमा हालाण्डले नै गोल गर्दै सिटीलाई अग्रता दिलाए। तर ८५ औं मिनेटमा सेफिल्ड युनाइटेडका बोग्लेले गोल गरेपछि खेल बराबरीको स्थितिमा आएको थियो। खेल सकिन २ मिनेट बाँकी छँदा ८८औं मिनेटमा फिल फोडेनको पासमा मिडफिल्डर रोड्रीले गोल गरेपछि सिटीले रोमान्चक जित निकाल्यो।

खेलको म्यान अफ दी म्याच रोड्री भए। प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई ३–१ गोल अन्तरले हरायो। यस्तै हिजै भएको अन्य खेलमा लिभरपुलले न्यूक्यासललाई हराएको छ । उरुग्वेका फरवार्ड डार्विन न्युनेजले बेन्चबाट आएर सानदार प्रदर्शन गर्दा लिभरपुलले न्युकासल युनाइटेडमाथि अप्रत्याशित जित दर्ता गरेको हो ।

Advertisement

न्यूक्यासलले खेलको २५ औँ मिनेटमा बनाएको एक गोलको अग्रतालाई उल्टाउँदै लिभरपुल २–१ ले विजयी भयो । न्यूक्यासलका एन्टोनी जोर्डोनले गरेको गोल जितका लागि पर्याप्त भएन । खेलको २८ औँ मिनेटमा नै लिभरपुल १० खेलाडीमा सिमित भएको थियो ।

उसका भान डायकले रातो कार्ड पाएका थिए । लिभरपुलले खेलको ८१ औँ मिनेटमा बराबरी गोल गरेको थियो । त्यसपछि इन्जुरी समायनमा डारविन नुनिजले नै थप गोल गरे । लिभरपुलको तीन खेलमा ७ अङ्क भएको छ । अङ्कतालिकामा लिभरपुल चौथौ स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top