विराटनगर, भदौ २२
एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको नामाङकन र स्थायी राजधानीको टुङ्गो चाँडै लाग्ने दाबी गरेका छन् । उनले नाम र स्थायी राजधानी तोक्ने कुरा संवेदनशील विषय भएकाले त्यसको टुङ्गोमा पुग्न प्रदेश सरकारका मुख्य मन्त्रीले राजनीति दलका नेताहरुसंग छलफल चलाइरहेकोे जानकारी दिए ।
‘प्रदेश नं १ को नाम र स्थायी राजधानी चाँडै टुङ्ग्याएर अघि बढ्ने तयारीमा प्रदेश सरकार लागेको छ’ आज बसेको प्रदेश सभा बैठकमा बिषेश समयमा बोल्दै मन्त्री कार्कीले भने ‘नाम र स्थायी राजधानीको विषय दीर्घकालिन महत्व राख्ने विषय भएकाले आवश्यक गृहकार्य पुरा गरेपछि नाम र स्थायी राजधानीको विषय टुङोमा पुग्ने छ ।’
उनले अरु चार वटा प्रदेशको नाम र स्थायी राजधानी तोक्ने कुरापनि पुरा नभएको उदाहरण प्रस्तुत गदै प्रतिपक्ष काग्रेसलाई नाम र स्थायी राजधानी तोक्ने विषयमा ढिलाई भएको भन्दै विरोधका लागि सत्तापक्षलाई विरोध गर्ने कार्य सान्दर्भिकता नहुने बताए ।
उनले प्रदेश सरकार गठन भएको ६ महिनाको अवधि पुरा हुदा अन्य धेरै उपलब्धी सरकारले हासिल गरेको जानकारी दिँदै मन्त्री कार्कीले प्रदेश सरकार बाध्यत्मक अबस्थामा अहिले अघि बढिरहेको बताए ।संघीय सरकारले कानुन निर्माणमा ढिलाई गर्दा प्रदेश सरकारले पनि वित्तीय आयोग,निजामति कर्मचारी,प्रहरी,प्रशासन लगायतका ऐन निर्माण गर्न नसकेको जानकारी दिए ।
उनले प्रदेश सभाको बैठकमा विराटनगर महानगरपालिकामा भएको बम विष्फोटनमा संलग्न तराई जनतान्त्रिक गोइत समुहका कार्यकर्ताको सलग्ता प्रहरीको अनुसन्धान खुलेको सदन समक्ष जानकारी गराए ।बम विष्फोटमा संलग्न पॉच जना मध्ये तिन जनालाई प्रहरीले पक्राउ गरेको पनि उनले बताए ।त्यसैगरी मोरङको लेटाङ नगरपालिकाको जाँतेस्थित श्री माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात व्यक्तिले बिष मिसाईदिँदा विद्यालयका २८ विद्यार्थी बिरामी परेको जानकारी गराएका थिए ।
उक्त घटनाका दोषी भने अहिलेसम्म पत्ता लगाउन नसकिएकोले प्रहरीले अनुसन्धान जारी राखेको बताए ।
सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद बसन्तीदेवी यादवले प्रदेश सरकारले दिने सार्वजनिक विदा कार्यान्वयका लागि पहल गर्न माग राखिन् ।उनले कर्मचारी र सर्बसाधारणलाई शनिबार विराटनगरको बजार बन्द हुदा समस्या भएको भन्दै शनिबार बजार खुलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराईन् ।
अर्का संसाद उषकला राईले प्रदेश नं १ सरकार समृद्धिको यात्रामा अघि वढीरहँदा महिलामाथि हुने हिंसा बढेको बताइन् ।
उनले प्रदेश नं १ मा बलात्कारको घटना समेत बढेको भन्दै त्यसको सावधानका लागि सरकारले उचित कदम चाल्न आवश्य रहेकोमा जोड दिईन् ।त्यसैगरी देवानी र फौजदारी संहिता लागु भएपनि आमाको नामबाट नागरिता दिने कुरा अहिलेपनि कार्वान्वय हुन नसकेको भन्दै त्यसकालागि प्रदेश सरकारले आवश्य पहल गर्न माग राखिन् ।उनले प्रदेश सरकारमा पनि भष्ट्रचार संस्थागत बनेको भन्दै भष्ट्रचार रोकी सुशासन कायम गर्न प्रदेश सरकारले आवश्य कलम चाल्न माग गरिन् ।