सुनको भाउ बढ्दा चाँदीको भने घट्यो

१७ भदौ ८०, आइतबार
Share this
797shares

१७ भदौ,काठमाडौं ।

Advertisement

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको रहेको छ।शुक्रबार प्रतितोला १४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top