एजेन्सी,भदौ २२
पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी कप्तान बनेका छन् ।बिहीबार औपचारिक घोषणा गर्दै प्रशिक्षक टिटेले नेयमारलाई कप्तानको जिम्मेवारी सुम्पिएका हुन् ।
शुक्रबार संयुक्त राज्य अमेरिकाविरुद्ध हुने खेलबाट भने २६ वर्षीय नेयमार कप्तान हुने प्रशिक्षकले बताएका छन् ।प्रशिक्षक टिटेले नेयमारलाई जिम्मेवारी प्रदान गरेपछि उनले व्यक्तिगत रुपमा र टोलीलाई पनि नयाँ चुनौती पार गर्न फाइदा हुने बताएका छन् ।
‘मैले प्रशिक्षकले कप्तान बन्न गरेको प्रस्तावलाई सहर्ष स्वीकार गरें । कप्तान बनेपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ र अझै सिक्ने विश्वास लिएको छु,’ नेयमारले भने ।विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएकोमा भने उनले माफी मागे । उनले भने ‘हामीले सोचेभन्दा धेरै अगाडी विश्वकप यात्राबाट बिदा लिनु पर्यो । म समर्थकहरुसँग माफी माग्न चाहन्छु । हामीलाई विश्वास थियो कि हामीले नै उपाधि जित्छौं, तर त्यसमा हामी सफल भयौं, ।
यसअघि टिटेले हरेक खेलमा नयाँ कप्तान छानेर सबै सिनियर खेलाडीलाई पालैपालो कप्तान बनाउने गरेका थिए ।