×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

’गदर २’ले बनायो रेकर्ड, कमायो ५ सय करोड

१८ भाद्र २०८०

१८ साउन, काठमाण्डौ ।
बलिउड चर्चित अभिनेता सनी देओल र अमीषा पटेल अभिनित ’गदर २’ चलचित्रले भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको छ । चलचित्रले प्रदर्शनको २४ औं दिनमा उक्त रेकर्ड राखेको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मले ५०१ करोड १७ भारू कमाएको छ।

५ सय करोड कमाउन शाहरूख खानको ’पठान’ लाई २८ दिन लागेको थियो भने ’बाहुबली २’ को हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो। योसँगै ’गदर २’ ५ सय करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म बनेको छ। अहिलेसम्म भारतमा ’बाहुबली २’ र ’पठान’ मात्रै ५ सय करोड क्लबमा समावेश भएका छन्।

Advertisement
Advertisement

’पठान’ ले ५४३ करोड कमाएको थियो भने ’बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड कमाएको थियो। फिल्मले पहिलो हप्तामा २८४.६३ करोड, दोस्रो हप्तामा १३४.४७ करोड र तेस्रो हप्तामा ६३.३५ करोड कमाएको थियो । आइतवारको कलेक्सनको प्रारम्भिक ट्रेन्ड अनुसार फिल्मले करिब ८.५० करोडको कमाई गर्दै ५०० करोडको आँकडा पार गरेको छ ।

रिलिजको २४ औँ दिन आठ करोड ५० लाखको कलेक्सन गरेसँगै फिल्म ‘गदर २’ ले घरेलु बक्स अफिसमा अहिले ५०१ करोड ८७ लाख रुपैयाँ कमाएको छ । हिन्दीमा रिलिज भएका फिल्महरूको हिसाबले, पहिलो फिल्म ‘बाहुबली २’ ले सन् २०१७ मा हिन्दी डब संस्करणबाट ५१०.९९ करोड कमाएको थियो।

यो रेकर्ड यसै वर्षको सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ ले सुधारेको हो । फिल्म ‘पठान’को हिन्दी संस्करणले करिब ५४३ करोड रुपैयाँ कमाएको छ । यस हिसाबले फिल्म ‘गदर २’ ५ सय करोड क्लबमा प्रवेश गर्ने देशकै दोस्रो हिन्दी फिल्म बनेको छ ।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्। सन् २००१ मा प्रदर्शन भएको ’गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top