सप्तकोशीमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

१९ भदौ ८०, बुधबार

२० भदौ, काठमाण्डौ ।
सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सक प्रज्ज्वल कोइरालाको शव फेला परेको छ। झापा, दमक–१ का बासिन्दा उनी मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए। ३२ वर्षीय सर्जन कोइरालाको शव मंगलबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

उनको शव बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताएका छन् । कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकका बुवा दिवाकर कोइरालासहित झापाको दमक नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोली शव भेटिएको स्थानमा पुगेको थियो।

बुवा हरिप्रसादले शव प्रज्वलको भएको ठहर गरेका थिए। मृतक कोइरालाको शव परीक्षणका लागि मंगलबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। शव परीक्षण गरी बुधबार उनको परिवारलाई बुझाइने प्रहरीले जनाएको छ। भदौ १० गते राति सप्तकोशी नदीको छेउमा कार छोडेर डाक्टर बेपत्ता भएका थिए।

Advertisement

बेलका नगरपालिका–८ मा कार पार्किङ गरेर कोइराला बेपत्ता भएका थिए। सप्तकोशी नदीको पुलको बीच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो। कोइराला ट्रमा सेन्टरमा सेवा गर्नुअघि उर्लाबारीको अरनिको अस्पताल र दमकको लाइफलाइन अस्पतालमा काम गर्थे। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ३२ वर्षीय कोइराला बाबु–आमाका एक मात्र छोरा हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top