विराटनगरको ऐतिहासिक रथयात्राका लागि प्रहरीले गरेको ११ अनुरोध

२० भदौ, विराटनगर ।
प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने ५५ औं संस्करणको राधाकृष्ण रथ यात्राको अन्तिम तयारी पूरा भएको छ । रथयात्रामा नेपालबाट मात्रै नभई भारतको बिहार, पश्चिम बङ्गाल लगायतबाट समेत भक्तालुहरु आउने भएकाले मोरङ प्रहरीले विराटनगरवासीलाई सुरक्षाका निम्ति विशेष अनुरोध गरेको छ ।

१) बहुमूल्य गरगहनाहरू लगाई समारोहमा नआउनु हुन् ।

२) अधिक नगद र बहुमुल्य सामाग्रीहरू साथमा नल्याउनु हुन ।

३) रथयात्राको मार्ग (राधाकृष्ण मन्दिर –तिनपैनी चोक – ट्राफिक चोक – रोडशेष चोक – बसपार्क – महेन्द्र चोक – भृकुटी चोक – बरगाछी चोक – दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर) र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगरी दिनु हुन ।

४) सवारी साधनहरूमा ह्यान्डल लक, ह्विल लक लगायतका सुरक्षाका अतिरिक्त विधिहरु समेत अपनाई ऋऋत्ख् तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गरी दिनु हुन ।

५) आफ्नो साथमा बालबालिकाहरू लिई समारोहमा नआउनु हुन ।

६) बृद्ध बृद्धाहरूले साथमा सहयोगी लिएर मात्र आउनु हुन ।

७) भिडभाडको फाईदा लिई महिला तथा बालबालिकाहरूमाथि हुनसक्ने दुर्ब्यवहार प्रति सजग रहन हुन ।

८) घरका सवै सदस्यहरु एकैपटक घरबाट ननिस्की आलो–पालो गरेर मात्र आउनुहुन ।

९) घरबाट सवै सदस्यहरु एकै समयमा बाहिर जानुपर्दा बलियो संग ढोका बन्द गरेर मात्र जानुहुन ।

१०) तपाईको छेउमा रहेको जुनसुकै व्यक्ति संकास्पद व्यक्ति हुन सक्ने भएकोले हर हमेसा चनाखो रहनु हुन ।

११) कुनैपनि प्रकारको चोरी, लुटपाट, दुर्ब्यवहार लगायतका समस्या भएमा वा कसैको गतिविधि संकास्पद लागेमा तत्काल नजिकैको प्रहरी वा प्रहरी कन्ट्रोलको १०० नम्बरमा जानकारी दिनु हुन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top