एसीसी यू–१९ प्रिमियर कपका लागि टोली घोषणा

२९ भदौ ८०, शुक्रबार
Share this
743shares

२९ भदौ , एजेन्सी ।
मलेसियामा आयोजना हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । मलेसियाले आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म प्रिमियर कप आयोजना गर्दैछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।

Advertisement

५० ओभरको प्रिमियर कप पाकिस्तानमा यसै वर्ष आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि छनोट प्रतियोगिताको रुपमा समेत रहेको छ । यस प्रतियोगिताको शीर्ष ३ टिमले एसिया कपमा स्थान सुरक्षित गर्नेछन्। प्रतियोगिताका लागि नेपाल समूह ‘ए’ मा रहेको छ ।

यस समूहमा बहराइन, साउदी अरेविया र इरान पनि रहेका छन् ।समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् भने समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, आयोजक मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।

Advertisement

नेपालको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्ब्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता समावेश छन् । यस्तै आकाश चन्द, देव खनाल, सुभाष भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, उनिश सिंह ठकुरी, अशोक पौडेल, अभिनाश तिवारी, नरेन भट्ट, निरज यादव समेटिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top