×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

फाटेको दुधबाट दुधबरी बनाएपछि २ लाख जरिवाना

१ आश्विन २०८०

१ असोज,काठमाण्डौ ।
उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ मा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले ‘प्राप्त सूचनाका आधारमा अनुगमन भएको भएको बताएका छन् ।

बजार अनुगमनको क्रममा काठमाडौं महानगर–१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ । गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो । फाटेको दुधमा दुधवरी बनाइएको पाइयो ।

Advertisement
Advertisement

पसलमा बस्ने व्यक्तिहरुमा शिष्टाचार थिएन । रुखो र अशिष्ट बोलीचाली थियो । निरीक्षण अधिकृत डा. झाले अवस्थाका विषयमा भनेका छन्, ‘उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।’ झाकाअनुसार अनुगमनका क्रममा करिब ५ किलोग्राम विग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो ।

Advertisement
Advertisement

जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, विग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ । दुधबरी निर्माण भएकै लटमा बनेको सबै परिकार बजारबाट फिर्ता ल्याएर नष्ट गर्न पसलका सञ्चालक दिपकराज थपलियालाई निर्देशन दिने काम भएको उनले बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top