×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

ललितनारायण राजवंशी घाइते, आज शल्यक्रिया

४ आश्विन २०८०

४ असोज, काठमाण्डौ ।
१९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका थिए । उनको दायाँ काधमा चोट लागेको छ भने आज शल्यक्रिया गर्ने तयारी गरिएको छ ।

गतवर्ष नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीकै जस्तै उनको चोट लागेको हो । चोभार एण्डमा कमल घाइते भएकै ठाउँमा ललित अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते हुन पुगेका थिए । यससँगै उनले एसियन गेम्स गुमाउन सक्छन् । अब क्यानले उनको स्थानमा अर्का खेलाडी पठाउनु पर्नेछ । एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ ।

Advertisement
Advertisement

प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन् । समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ । क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन् । टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको हो ।

चारै टिमले एसियाली खेलकुदका लागि सिनियर टिमलाई पठाउने छैनन् । भारतले आइपिएल खेलेका रुतुराज गायकवाडलाई कप्तान बनाएको छ भने आइपिएलमा चलेका युवा खेलाडीलाई समेटेर एसियाली खेलकुदमा टिम पठाउँदैछ । एसियाली खेलकुदमा समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ ।

अन्तिम आठमा जित हात पारेको अवस्थामा नेपालको क्रिकेटबाट एसियाली खेलकुदमा पहिलोपटक पदक जित्ने सम्भावना हुनेछ । सेमिफाइनलमा जित हात पारे रजत पदक पक्का हुनेछ भने हार बेहोरेमा कास्यका लागि खेल्ने अवसर प्राप्त हुनेछ । पछिल्लो समय नेपाली क्रिकेट टोलीबाट ललितले सानदार प्रदर्शन गरेका थिए ।

नेपाललाई ओडिआई मान्यता निरन्तरता गराउन र एसिया कपमा पुयाउन उनको योगदान निकै महत्वपूर्ण थियो । ललितले अर्का लेगस्पिनर सन्दीप लामिछानेलाई पनि राम्रो साथ दिँदै आएका छन् । सन्दीप र ललितको जोडी जमेको थियो । ललित नहुँदा सन्दीपको प्रदर्शनमा समेत असर पर्नसक्छ ।

Advertisement

भर्खरै सम्पन्न एसिया कपमा भारत र पाकिस्तानविरुद्ध ललितको प्रदर्शन त्यतिनै प्रभावशाली रहेको थियो । उनी नहुँदा नेपालको बलिङ आक्रामणमै ठूलो असर पर्ने देखिन्छ । ललितले २३ ओडिआईमा २८ र १२ टि२० आईमा १० विकेट लिएका छन् । नेपाली टोलीमा उनले पावर प्लेमा पनि बलिङ गर्दै सानदार प्रदर्शन गर्दै आएका छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top