×

NEPAL TIMES UPDATES

Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026

एमाले अधिवेशनमा उम्मेदवारले नै मतदान गरेनन्

१६ आश्विन २०८०

१६ असोज,काठमाण्डौ ।
नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरे । खतिवडा र ढकालबीचकोे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए ।

उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए । सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे । भण्डारी खतिवडा प्यानलबाट उम्मेदवार भएका थिए । उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् ।

Advertisement

दुवैजना नै खतिवडा प्यानलका हुन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेको थियो । पार्टी अध्यक्ष पदमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक थियो । २०६६ मा उनीहरु मोरङ अध्यक्षमा पहिलोपटक आमनेसामने बन्दा विनोद ढकाल विजेता बनेका थिए ।

जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेको १४ वर्षपछि उनीहरू प्रदेश अध्यक्षमा आमनेसामने भएका हुन् । तर त्यसबेला ढकाल जिल्लामा विजेता बन्दा उनलाई हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ थियो । यसपटक भने ओली र उनको समूहको साथ खतिवडालाई थियो ।

ओली निकटका प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने बहुसंख्यक नेताहरुको साथ पाएका मोरङ लेटाङका खतिवडाले अब ३ वर्ष प्रदेश पार्टीको नेतृत्व गर्नेछन् । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुन् । विनोद ढकाल भने पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी निकट मानिन्छन् ।

ढकाल यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि मोरङ ४ बाट पराजित भएका थिए । ढकालका विपक्षमा नेतृत्वविरुद्धको गुट भनेर प्रचार गरिएको उनी पक्षीय नेता कार्यकर्ताहरुले आरोप लगाएका छन् । एमाले नेतृत्वले अन्य प्रदेश जस्तै कोशीमा पनि सहमतिका साथबाटै नेतृत्व चयन गर्ने प्रयास गरेको थियो । यसैबीच अधिवेशनमा उम्मेदवार स्वयं नै मतदानमा सहभागी नभएको पाइएको छ ।

Advertisement

पार्टीको अधिवेशनमा प्रतिनिधि भएर मतदान गर्न अधिवेशन हलमा उपस्थित भएपनि मतदान नगर्ने कार्यकर्ताहरुको खोजी गर्ने क्रममा उम्मेदवार र जिम्मेवार नेताहरुले नै मतदान नगरेको पाइएको हो । कुल ९९७ प्रतिनिधिमध्ये २० जनाले मतदान नगरेपछि कार्यकर्ताहरुले उनीहरुको पहिचान गरी नाम सार्वजनिक माग गर्दै सामाजिक सञ्जाल रंग्याउन थालेपछि खोजी सुरु भएको थियो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top