×

NEPAL TIMES UPDATES

Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026

विदेशबाट फर्किदा यी सामान भुलेर पनि नल्याउनु

१९ आश्विन २०८०

१९ असोज, काठमाण्डौ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूची सार्वजनिक गरेको छ । कार्यालयले सूचीमा समावेश सामाननल्याउन र नपठाउन समेत अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नपठाउन आग्रह गरेको छ ।

भन्सार कार्यालयले जारी गरेको शंकास्पद देखिने सामानको सूचीमा इमर्जेन्सी लाइट, पानी तान्ने पम्प, पावरबैंक, हेयर ड्रायर र मिक्स्चर रहेका छन् । भन्सारले यी सामान विदेशबाट नल्याउन भनेको हो यी सामान एक्स–रे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको कार्यालयले जनाएको छ । यस्ता सामान ल्याए जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपरेको भन्दै सेवाग्राहीलाई क्षति हुने भनी कार्यालयले सूचनामा जनाएको छ।

Advertisement

यसअघि विमानस्थल भन्सार कार्यालयले घर फर्किदा कोही पनि साथीभाइ वा अन्य मानिसको उपहार साथमा लिएर नआउन अनुरोध गरेको थियो । दशैँं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको हो ।

चाडबाडको बेलामा विभिन्न देशबाट स्वदेश आउने यात्रुहरूलाई विभिन्न व्यक्ति तथा समूहले प्रलोभन देखाइ विभिन्न सामानहरू जस्तै ल्यापटप, मोबाइल, सुन, घडीजस्ता कुराहरू उपहारको रूपमा भन्दै पठाउने गरेको पाइएको भन्दै कार्यालयले सचेत गराएको हो ।

कानुन अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसै गरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था छ ।

यसै गरी मोबाइलको हकमा भने श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका श्रमिकले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर थप एक थान मोबाइलको लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।

Advertisement

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top