×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

तेलको भाउले आकाश छोयो

२२ आश्विन २०८०

२२ असोज, काठमाण्डौ ।
शनिबार विहानदेखि अचानक सुरु भएको इजरालय र हमासबीचको युद्धको प्रत्यक्ष असर कच्चा तेलमा परेको छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । सोमबार विश्व बजारमा तेलको मूल्य ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । सोमबार प्रति ब्यारेल तेलको मूल्य दुई देखि ४ डलरसम्म बढेको छ ।

यस्तै, तेल निर्यात हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुच’ प्रभावित भए त्यसले थप संकट ल्याउने जनाइएको छ । यो क्षेत्र तेल निर्यातकर्ताहरुका लागि प्रमुख मार्ग हो । आउने दिनमा युद्धले कस्तो रुप लिन्छ भन्ने पनि तेलको मूल्य निर्राधण हुनेछ । शनिबार हमास समूहले इजरायलमाथि सरप्राइज आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । इजरायल र गाजामा गरेर हालसम्म ११ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement

हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भइसकेको छ । नेपालीसहित लाखौं मानिस बंकरमा छन् । अहिले पनि इजरायल र गाजामा रकेट आक्रमण भइरहेको छ । जमिनमा पनि हमास विद्रोही र इजरायली सेना संघर्षमा छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको घोषणा गरेसँगै दशकौंको द्वन्द्व यसपटक छिट्टै रोकिने सम्भावना देखिँदैन ।

रसिया र युक्रेन युद्धले विभाजित विश्व यो इजरायल–हमास संघर्षले थप विभाजित हुने देखिएको छ । धेरै अरब राष्ट्रहरु प्यालेस्टाइनी स्वतन्त्रताको पक्षमा सुरु देखि नै रहँदै आएका छन् । पछिल्लो समय इजरायलले प्रविधि र इन्टेलिजेन्स क्षेत्रमा गरेको प्रगतीले प्यालेस्टाइनी पक्षधर देशहरु पनि इजरायलसँग सहकार्यमा छन् ।

प्यालेस्टाइनलाई लिएर भारतको नीति परिवर्तन हुँदै गएको विश्लेषणसमेत गरिएको छ । चीनले भने खाडीमा शान्ति कायम गराउन टु स्टेट सोलुसन अघि ल्याएको छ । विशेषगरी अहिले विश्वको नजर खाडी देशहरुमा छ । युद्धको असर खाडीबाट निर्यात हुने तेलमा पर्न सक्ने अनुमान छ । इरानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताए पनि हमास आक्रमणको समर्थन गरेको छ ।

सो आक्रमण दशकौं देखिको उत्पीडनविरुद्ध रहेको इरानको तर्क छ । इरानले तेल आपूर्ति बन्द गरे विश्वभर ३ प्रतिशत तेल निर्यात रोकिने प्रक्षेपण गरिएको छ । कतारले अहिले इजरायल र गाजामा देखिएको संघर्ष निकै गम्भीर रहेको जनाएको छ । तर यसको प्रमुख कारण प्यालेस्टाइनीहरुको अधिकार हनन भइरहनु रहेको उसले उल्लेख गरेको छ ।

कतारले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई अन्तर्राष्ट्रिय कानुन पालना गर्न भन्ने आग्रह गरेको छ । संयुक्त अरब इमिरेट्सले आक्रमण रोकेर नागरिकको ज्यान रक्षा गर्न भनेको छ । कुवेतले पनि शान्ति स्थापनाको आह्वान गरेको छ ।

तर उसले अहिलेको परिस्थितिको जिम्मेवार इजरायल रहेको जनाइएको छ । ओमनले दुवै पक्षलाई संयम बन्न आग्रह गरेको छ । इजिप्टले अहिलेको परिस्थितिले गम्भीर अवस्था सिर्जना हुने चेतावनी दिएको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top