ढाका,भदौ २४
ब्ांगलादेशमा जारी साफ च्याम्पियनसिप(साफ सुजुकी कप) अन्तर्गत समुह चरणको अन्तिम खेलमा आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे ।
सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्री किकको अवसर पाएको थियो ।पहिलो हाफमा १–० गोलले अग्रता लिएको नेपालका लागि ८९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए ।
जीतसँगै नेपाल ६ अङ्क जोड्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश ग¥यो । त्यस्तै समान अङ्क भए पनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश ग¥यो । जारी साफ च्याम्पियनसिपमा बङ्गलादेश र भूटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।
नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भूटानविरुद्ध ४–० र आयोजक बङ्गलादेशलाई २–० ले पराजित गर्न सफल भयो ।साफको बाह्रौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँचौँपटक सेमिफाइनल पुगेको हो । सेमिफाइलनको खेल आगामी मङ्गबारदेखि हुनेछ ।
बिमलको कीर्तिमानी
साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तिमगरले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट चार गोल गर्ने खेलाडीको सूचीमा बिमलले रेकर्ड बनाएका हुन् ।
बिमलले सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै सङ्ख्या दुई पु¥याए । बङ्गलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे ।
पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । योसँगै साफमा उनको गोल सङ्ख्या ४ पुगेको छ । साफमा चार गोल गर्ने खेलाडीमा हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ ।