दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्डलाई ओलीको दबाव सत्य हो ?

१२ कात्तिक ८०, सोमबार

१३ कार्तिक, काठमाण्डौ ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेटेर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न आग्रह गरेको भन्ने कुरामा कुनै सत्यता नभएको जनाएको छ । आइतबार बिहान माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग प्रसाईंबारे कुराकानी भएको र ओलीले प्रसाईंलाई पक्राउ गर्नुपर्ने बताएको ब्रिफिङ गरेका थिए ।

तर एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा संक्रमणकालीन न्याय टुंगो लगाउने विषय र अरू समसामयिक राजनीतिकबाहेक अरू विषयमा कुरा नभएको बताएका छन् ।

‘प्रसाईंका विषयमा कुनै कुरै भएको छैन, यो बेकारको कुरा हो,’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै ज्ञवालीले भने,‘कर्कलो काट्न बञ्चरो प्रयोग गर्नुपर्छ भन्ने नै छैन, प्रधानमन्त्रीसँग यस्ता विषयमा छलफल गर्ने कुरा नै आउँदैन।’ ज्ञवालीले एमालेविरूद्ध माओवादीले प्रोपोगाण्डा गरेको पनि आरोप लगाए ।

Advertisement

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं लामो समयसम्म यी दुबै नेताका निकटस्थ थिए । पछि एमालेतिर लागेर ओलीकै बलमा प्रसाईं एमालेका केन्द्रीय सदस्यमा मनोनित समेत भएका थिए । नेकपा विभाजन भएपछि एमालेतिर लागेका प्रसाईंले प्रचण्डलाई बुवा र केपी शर्मा ओलीलाई हजुरबुवा भन्ने गर्थे ।

अहिले भने उनले ओलीका विरूद्ध पटक पटक अभिव्यक्ति दिदै आएका छन् । सामाजिक सञ्जाल र युट्युबहरूमा अध्यक्ष ओलीका विरूद्ध तथानाम बोल्न थालेपछि प्रसाईं एमालेका लागि टाउको दुखाइको विषय बनेका छन् । प्रसाइँ पछिल्लो पटक राजावादी बनेका छन् । उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन भन्दै अभियानसमेत थालेका थिए ।

Advertisement

समिति नै बनाएर काठमाडौंसहित विभिन्न स्थानमा र्याली तथा कार्यक्रम पनि आयोजना गरेका छन् । झापामा भएको उद्घाटन कार्यक्रममा भने पूर्वराजा ज्ञानेन्द्र परिवारको साथमा उपस्थित भएका थिए । यस्तै बैंक तथा वित्तियसंस्थाले ऋण र ब्याजका नाममा सर्वसाधारणलाई सास्ती दिएको भन्दै त्यसविरुद्ध उनको जत्था सक्रिय भएको थियो ।

उनले विभिन्न बैंकबाट लिएको ऋणको किस्ता तिर्न छोडेपछि बैंकहरूले उनलाई बारम्बार ताकेता गरेका थिए । पछिल्लो पटक उनलाई एमालेसम्बद्ध समूहले कालोमोसो दलेको थियो । त्यसको बदलास्वरुप उनका समर्थकहरुले एमाले युवा नेता महेश बस्नेतमा िझापामा दुव्र्यवहार समेत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top