×

NEPAL TIMES UPDATES

Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026

ओमानसँग हार्याे नेपाल, विवेकको उत्कृष्ट ब्याटिङ अधुरो

१६ कार्तिक २०८०

१६ कार्तिक, काठमाण्डौ ।
विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भयो । यो पराजयसँगै आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह ’ए’ को उपविजेतामै सीमित भएको छ।

लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित भयो। नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह ’बी’ को विजेता यूएईसँग खेल्नेछ ।

Advertisement
Advertisement

जारी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रवार नेपालले यूएईसँग खेल्ने छ ।नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी–२० विश्वकपको टिकट काट्नेछन्।

बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन जोड्न सक्यो। नेपालले पावरप्लेको ६ ओभर सकिदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रनमा आउट हुँदा त्यसपछि मैदान आएका सोमपाल कामी १२ रन बनाएर आउट भए।

यस्तै छैटौं ओभरको अन्तिम बलमा कुशल भुर्तेल २६ रनमा मेहरान खानबाट बोल्ड भए। त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। नेपालका कप्तान रोहित पौडेल पनि १२ रन बनाएर आउट हुँदा नेपालले ९ ओभरमा ४ विकेट गुमायो। नेपालले पाँचौ विकेटको रुपमा कुशल मल्ललाई १० रनमा गुमायो।

गुल्सन झा पनि ३ रनमा आउट हुँदा नेपालले १३ ओभरमा ६ विकेट गुमाएको थियो भने सातौं विकेटको रुपमा सन्दीप जोरा १५औं ओभरमा १२ रनमा आउट भएका थिए। नेपाललाई अन्तिम ओभरमा २६ रन चाहिएको बेलामा विवेक यादवले ओमानका विलाल खानलाई सुरुवाती तीन बलमा तीन छक्का हिर्काएका थिए।

एक बल वाइड हुँदा नेपालले १९ रन जोडेको थियो। चौथो बलमा विवेक आउट हुँदा पाँचौ बलमा अभिनास बोहराले १ रन लिए। अन्तिम बलमा छक्का चाहिएको स्थितिमा नेपालका कारण केसी क्याच भए। बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए।

त्यसअघि समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो। बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिन सफल भए।

Advertisement

गुल्सन झा र अभिनास बोहराले १–१ विकेट हात पारे। समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगेका थिए। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो।

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top