आसिफ उत्कृष्ट खेलाडी, कसले कुन पुरस्कार पाए ?

१६ कात्तिक ८०, शुक्रबार

१७ कार्तिक,काठमाण्डौ ।
विश्वकप छनोट अन्र्तगत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाली टोलीले आगामी वर्ष आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गरेको छ । यूएईविरुद्धको त्यो सेमिफाइनल खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि अविजित ३४ रन बनाएका थिए ।

त्यसक्रममा उनले दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । दुबै टोलीका ब्याट्सम्यानले कुल सातवटा छक्का प्रहार गरेका थिए । त्यसमध्ये सबैभन्दा लामो दूरीको छक्का प्रहार गर्ने खेलाडीको पुरस्कार भने नेपाली टोलीका कप्तान रोहितले पाए । यसका अतिरिक्त कप्तान रोहितले त्यो खेलमा सबैभन्दा छिटो रन बनाउने खेलाडीको पुरस्कार पनि पाए ।

लामो दूरीको छक्का प्रहार गरेवापत रुप्से होलिडेबाट १५ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए । रुप्से होलिडेले आगामी टी—२० विश्वकपमा छनोट भएकोमा नेपाली टोली र कप्तान रोहितलाई बधाइ पनि दिएको छ । यसैगरी नेपाली टोलीका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट खेलाडीको पुरस्कार पाए ।

Advertisement

उनले ५१ बलमा एक छक्का र सात चौकाको मद्दतले ६४ रन बनाएका थिए । उत्कृष्ट बलिङ गर्ने खेलाडीको पुरस्कार नेपालका स्पिनर सन्दीप लामिछानेको भागमा प¥यो । यसैगरी उत्कृष्ट क्याचको पुरस्कार पनि नेपाली टोलीका खेलाडी कुशल भुर्तेललाई प्रदान गरियो ।

यसका अतिरिक्त ‘माइलस्टोन अफ दी डे’ को २५ हजार रुपैयाँको पुरस्कार फिल्म ‘दिमाग खराब’को तर्फबाट सोमपाल कामीलाई प्रदान गरियो । उनले यही खेलमार्फत आफ्नो खेलजीवनको ५० औँ विकेट पूरा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top