×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

कोशी सरकारबाट बाहिरियो एमाले ,मन्त्री बनेका रानाले दिए राजीनामा

१८ कार्तिक २०८०

१८ कार्तिक,विराटनगर ।
आफैले समर्थन गरेर बनाएको कोशी प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । एमालेबाट पहिलो चरणमै मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान पदबाट राजीनामा दिएका छन् । यससंगै एमाले कोशी सरकारबाट बाहिरिएको हो । राना असोज २७ गते नै विनाविभागीय मन्त्री बनेका थिए ।

शुक्रबार साँझ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री थप भएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको थियो । सोहीबमोजिम शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई भेटेर मन्त्री रानाले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री कार्कीले आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

Advertisement
Advertisement

मुख्यमन्त्री कार्कीले आफ्नो सहमतिबिना केन्द्रीय गठबन्धन ब्यूँत्याएको र त्यो आफ्ना लागि मान्य नभएकाले सरकारबाट बाहिरिएको कोशीका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए । कोशीमा कांग्रेसले माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेपछि असन्तुष्ट कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुले पनि कार्कीलाई विश्वासको मत दिएपछि पूरानै गठबन्धन कायम भएको हो । यसअघि जनता समाजवादी पार्टीले पनि कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय लिएको छ । मंगलबार नै इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।

यद्यपी कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ । कांग्रेसका विद्रोही र एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले २८ गते एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेर पद तथा गोपनीयताको सपथ लिएका थिए ।

Advertisement

४७ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले कार्तिक १ गते विश्वासको मत लिँदा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित ९१ प्रदेश सांसदमध्ये एमाले र गठबन्धनका ८६ सांसद विश्वासको मतको पक्षमा र राप्रपाका ५ सांसद विपक्षमा मतदान गरेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top