आज सुनको मूल्य घट्दा चाँदीको स्थिर

१९ कात्तिक ८०, सोमबार

२० कार्तिक, काठमाण्डौ ।

Advertisement

सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। यो आइतबारको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले कम हो।

आइतबार सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँ तोकिएको छ।सोमबार चाँदीको मूल्य भने स्थिर छ।

Advertisement

आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top