×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

आरती साह प्रकरणमा एसपी बाधक! गृहको हस्तक्षेप

२१ कार्तिक २०८०

२१ कार्तिक, काठमाण्डौ ।
धनुषाकी आरती साहको मृत्यु प्रकरणमा लामो समयदेखि न्यायका लागि उनका माइती पक्ष आन्दोलनरत रहेको अवस्थामा गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई ५ महिनापछि वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ ।

गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् । घटनामा उनका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा थिए । उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै आएका थिए । खड्कालाई प्रहरी प्रधान कार्यालयले हटाएपछि गृहले वार्ताका लागि बोलाएको हो ।

Advertisement

प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । आरती जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी थिइन् । यस प्रकरणमा पक्राउ परेका आरतीका श्रीमान् र ससुरा मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका थिए । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी साह आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

सो घटनामा प्रहरीले श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । आरतीको माइती पक्षले मोतीबाबु र मदनमोहनविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

३ असारदेखि भएको थुनछेक बहसपछि अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । दुई वर्षअघि मोतीबाबु र आरतीको विवाह सामाजिक परम्परा अनुसार भएको थियो । विवाहमा दाइजोसहित २५ लाख रुपैयाँ दिएको माइत पक्षको दाबी छ । पछिल्लो समय दाइजो कम भएको भन्दै घरमा आरतीलाई यातना दिँदै आएको माइती पक्षको आरोप छ ।

यही घटनामा सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका तत्कालीन प्रहरी प्रमुख (एसपी) खड्का र डीएसपीसहितका प्रहरीहरुविरुद्ध किटानी जाहेरी समेत परेको थियो । आफूहरुलाई प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाकी २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी थिइन ।

जाहेरी दिने मनिषा आरती साहकी बहिनी हुन् । पीडित परिवार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ एसपी विश्वराज खड्काले प्रहरीमाथि कुटपिट र अन्याय गरी उल्टै आफूहरुलाई थप पीडा दिएकाले हुँदै नभएको घटनाको जाहेरी नलिने प्रतिक्रिया दिएका थिए ।

त्यसपछि आरतीका परिवार सरकारी वकिलको कार्यालय पुगेका थिए । त्यहाँ समेत जाहेरी नलिएपछि मनिषाले हुलाकबाट पठाएकी थिइन । जिल्लाबाट न्याय नपाएपछि माइत पक्षले प्रहरीमाथि कारबाही र छोरी आरतीको न्यायको माग गर्दै काठमाडौं पुगेर माइती घर मण्डलामा धर्ना दिँदै आएका थिए ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top