नेपाली ह्याकरले जिते २ करोड १२ लाख

२३ कात्तिक ८०, शुक्रबार

२५ कार्तिक, काठमाण्डौ ।
नेपाली इथिकल ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा तेस्रो भएको छ । सेमिफाइनलमा स्पेनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई हराएको हो । योसँगै नेपाली टिमले कूल एक लाख ६० हजार डलर (करिब दुई करोड १२ लाख रुपैयाँ) बढी पुरस्कार पाएको छ ।

यसअघि क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिकालाई हराएर नेपाली टिम सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा नेपाललाई हराएर फाइनल पुगेको प्रतियोगिताको स्पेन पहिलो र फ्रान्सलाई हराएर फाइनल पुगेको इजरायल दोस्रो भए । नेपाली ह्याकरको टिममा आनन्द ढकाल, विवेक उप्रेती, सन्दीप ओली, विवेक न्यौपाने, प्रशान्त भट्टराई, आकाश हमाल, विवेक ढकालसहित २६ जना थिए ।

फाइनलका लागि अर्जेन्टिना जाने सूचिमा भने १० ह्याकर थिए । सेमिफाइनल चरणका खेल सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म भर्चुअल रूपमै भएको थियो । फाइनल भने अक्टोबर १९ देखि नोभेम्बर ३ मा अर्जेन्टिनामा भएको हो । फाइनलका लागि नेपाली टिमलाई अर्जेन्टिना बोलाइए पनि भिसा समस्याका कारण जान पाएको थिएन ।

Advertisement

नेपालसँग अर्जेन्टिनाको कुटनीतिक सम्बन्ध नभएकाले भौतिक रूपमा टिम नेपाल सहभागी हुन नसकेको टिमका लिडर आनन्द ढकालले बताए । “भिसाको लागि हामीसँग पर्याप्त समय थिएन,” ढकालले भने, “अर्जेन्टिनासँग नेपालको कुटनीतिक सम्बन्ध नभएकाले नेपाल सरकारले केही गर्नसक्ने अवस्था थिएन । त्यसैले हामी भिसा लगाउन भारत गएका थियौं ।

” उनले अगाडि भने, “१९ अक्टोबरदेखि सुरु हुने फाइनलका लागि नेपाली टिमले अक्टोबर १० देखि १९ भित्र भिसाको सबै प्रक्रिया पूरा गरिसक्नुपर्ने थियो । भारतबाट अर्जेन्टिनाको भिसा पाउन अर्जेन्टिनाको कम्पनीले इन्भिटेसन लेटर पठाउनुपर्ने थियो । तर, ह्याकरवन अमेरिकी कम्पनी भएकाले सो कम्पनीले इन्भिटेसन लेटर पठाउन मिलेन ।

भारतस्थित अर्जेन्टिनी दूतावासमार्फत भिसा प्रक्रिया थाल्दा ढिला हुने भएपछि नेपाली टिम भारतमै बसेर भर्चुअल रूपमा प्रतियोगिता सहभागी भएको थियो । सो प्रतियोगिताको नतिजा शुक्रवार बिहान आएको हो । यो प्रतियोगितामा कुन टिमले कति पुरस्कार पायो भन्ने खुलाइएको हुँदैन । ह्याकरवन एम्बास्डर वर्ल्डकप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका ह्याकरहरूको टिम एक–अर्कासँग प्रतिस्पर्धा गर्छन् ।

यसमा सहभागी ह्याकरको टोलीलाई कुनै पनि सिस्टममा भएका कमजोरी पत्ता लगाउन भनिन्छ । तोकिएको समयमा जसले बढी कमजोरी (बग) फेला पार्छ, सोही टिमको अङ्क बढ्दै जान्छ । अन्तिममा जुन टिमले बढी पोइन्ट पाउँछ, त्यो टिम नै विजेता घोषित हुन्छ ।

मार्च १३ देखि सुरु भएको यो प्रतिस्पर्धाको समूह चरणमा भारत र पाकिस्तानलाई हराउँदै टिम नेपाल शीर्ष १६ मा पुगेको थियो । मे २ देखि १६ सम्म साउदी अरेबिया र नेपालबीच स्वीट सिक्स्टिनका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा साउदीलाई पछि पार्दै टिम नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top