टिकटक बारे रविकै अघि प्रचण्डले झुट बोले

२७ कात्तिक ८०, मंगलबार

२८ कार्तिक,काठमाण्डौ ।
सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णयको समर्थन र विरोधमा प्रष्टसँग दुई धार देखिइरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई सत्य मान्ने हो भने शीर्ष नेतृत्व तहमा नेताहरुबीच सहमति भएर टिकटक बन्द गर्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएपछि बाहिरी रुपमा विरोध गरेपनि भित्री रुपमा दलहरु बीच सहमति भएको दर्शाउछ ।

तर प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष दलहरुको सहमतिमा टिकटक बन्द गरिएको बताइरहदा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने प्रधानमन्त्रीले झुट बोलेको दावी गरेका छन् । उनले भनेका छन्, प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो।

टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन। छदै छैन।

प्रधानमन्त्री ज्युले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु। आजै प्रधानमन्त्रीले नेपाल संवतको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा लामो छलफल र सबै दलहरूको सहमतिका आधारमा अन्य लोकतान्त्रिक तथा विकसित मुलुकहरूको समेत अभ्यास हेरेर यो निर्णय गरिएको बताएका थिए ।

प्रधानमन्त्रीले भनेका छन् , समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो ।

यसमा बहस हुँदै जालजा,पक्ष विपक्षमा कुरा आउलान् तर सरकारको उद्देश्य समाजलाई विकृति विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो ।

टिकटक बन्दको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्, उनले ‘सर्ट टर्म भिडियो’ होस्टिङ सञ्जाल टिकटकलाई बन्द गर्नेभन्दा पनि नियमन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै बालेनले टिकटकबाट विभिन्न ‘अराजकता’ फैलिए पनि त्यसलाई बन्द गरिनु उचित नभएको बताएका छन्। टिकटबाट आफू र आफ्ना शुभचिन्तकले समेत हैरानी खेपेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन।’

अब टिकटकलाई करको दायरमा ल्याउने र त्यसमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्नुपर्ने बालेनको भनाइ छ। ‘अहिले जस्तो बन्द नै गर्ने होइन। बन्द समाधान होइन, अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस्।

मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्,’ बालेनले लेखेका छन्। टिकटक बन्दका विषयमा सत्तारुढ दल नेपाली काग्रेसकै महामन्त्री सहमहामन्त्री लगायतले निर्णय गलत भएको भन्दै फिर्ता लिन माग गर्दै आएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top