महान पर्व छठ सुरु, के छ पौराणिक महत्व ?

३० कात्तिक ८०, शुक्रबार

१ मंसिर, काठमाण्डौ ।
मिथिलाञ्चल सहित देशभरि नै नियम निष्ठाका साथ चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठ सुरु भएको छ । आज व्रतालु नहाय खाय विधी गर्छन्। यसअघि हिजो छठपर्व गर्ने व्रतालुले आज पहिलोदिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन् । उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ।

जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा–अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ। प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ। यसैगरी तेश्रो दिन शनिबार खरना मनाइन्छ। यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ।

यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ। यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। पर्वको अन्तिम अर्थात पाँचौ दिन सोमबार बिहान उँदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत रुपमा समापन गरिन्छ।

Advertisement

छठपर्व नजिक आएसँगै स्थानीय बजारहरुमा पूजा सामग्री खरिद बिक्री गर्नेहरुको घुइँचो लागेको छ। यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन्। सृष्टिको शुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ ।

अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

Advertisement

कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ भने चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । विगतमा छठ पर्व कुनै एक समुदायले मनाउँदै आएपनि आजको दिनसम्म आइपुग्दा विभिन्न जातजाति, भाषाभाषीहरुले वृहत रुपमा मनाउँदै आइरहेकोले छठ पर्व राष्ट्रिय पर्वको रुपमा विकास हँुदै गएको छ ।

छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा विभिन्न जातजाति तथा भाषाभाषीहरुले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा–अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालमा विशेष रुपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाइन्छ ।

हाल आएर राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

यस पर्वमा मुस्लिम समुदायका व्यक्तिले पनि सहभागिता जनाएर यो पर्व बिधिवत रुपले मनाउँछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top