×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

गाजामा आजदेखि युद्धविराम, आजै बन्धकको रिहाइ

८ मंसिर २०८०

८ मंसिर,एजेन्सी ।
इजरायलले रणमैदान बनाएको गाजामा युद्धविराम र अतिवादी हमासले बन्धक बनाएकाहरुको रिहाइ आज शुरू हुने भएको छ । युद्धविरामको मध्यस्तकर्ता बनेको कतारको विदेश मन्त्रालयका प्रवक्ताले यस्तो जानकारी दिएका हुन् । ’युद्धविराम शुक्रबार बिहान ७ः०० बजेदेखि शुरू हुनेछ र नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४ः०० बजेसम्म सुम्पिइनेछ,’ प्रवक्ता माजेद अल–अन्सारीले उल्लेख गरेका छन् ।

शुरूमा १३ जनालाई रिहा गरिने छ, ती सबै महिला र बालबालिका एउटै परिवारका हुन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिनभित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ। हमासको नियन्त्रणमा नेपालका विपिन जोशी समेत रहेका छन् । युद्धविरामको सहमतिसँगै पहिलो ५० जनाभित्र उनको पनि रिहाइका लागि नेपाल सरकारले समेत पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

यद्यपि पहिलो चरणमा महिला र बालबालिकालाई प्राथमिकता दिएकाले उनी ५० जनामा पर्ने नपर्ने निश्चित देखिएको छैन् । गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ । यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ । इजरायली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन्।

Advertisement

यसअघि हमासले ४ जना बन्धकलाई रिहा गरेको थियो । गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ । जसमा अधिकांश महिला र बालबालिका छन्। गाजापट्टीबाट एक महिनाको अवधिमा लाखौं मानिस विस्थापित भइसकेका छन् । आक्रमणका क्रममा इजरेली सेनाले हमासको सेल्टर बनेको अस्पताल मुनिका आधुनिक सुविधासहितका सुरुङहरु समेत ध्वस्त पारिदिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top