×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

कमेडियन अपूर्व दोषी ठहर, १० हजार जरिवाना

१२ मंसिर २०८०

१२ मंसिर,काठमाण्डौ ।
कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएकोे छ । १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका अपूर्व क्षितिजले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए । थुनछेक बहसपछि उनलाई जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

Advertisement
Advertisement

उनलाई मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो । उनीविरूद्ध सार्वजनिक शान्तिविरूद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावूर्ण व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो ।

ती मुद्दामा भने दाबी नपुगेको भन्दै इजलासले ती कसुरमा थप सजाय गरेको छैन । यता अपूर्वले भने यसरी हाँस्यव्यंग्य गरेकै आधारमा दोषी ठहर गर्दा गलत नजिर बसेको बताएका छन् । यसरी आदेश आउँदा जसले–जसलाई पनि मुद्दा हाल्न सक्ने भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

‘मेरो मात्रै कुरा भएको भए भोलिदेखि नै हाँस्यव्यंग्य गर्न बन्द गरूँला, सचेत भएर बोल्छु, काम गरे पनि भिडिओहरू ननिकालुँला। तर यसले गर्दा अरूलाई पनि गाह्रो हुनसक्छ भन्ने मेरो चिन्ताको विषय हो,’ उनले भने, ‘यो नजिर बसेपछि जसले जसलाई पनि सानो कुरामा पनि मुद्दा हाल्दिन मिल्ने भयो। यो विषयलाई मैले उठाउन खोजेको हुँ।’

यसबारे पूर्णपाठ आउन केही समय लाग्ने भएर आफूहरू पुनरावेदनमा जाने÷नजाने भन्ने विषयबारे अनिर्णित भएको पनि उनले बताए । उनले कलाकारहरूबाट सहयोगको अपेक्षा राखेको बताएका छन् । कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्डअप कमेडीको भिडिओ २०७९ भदौ १० गते युट्युबमा हालिएको थियो ।

’नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो। नेवार समुदायका केही व्यक्तिहरूले आफ्नो आस्थामाथि चोट पु¥याएको भन्दै विरोध जनाएका थिए । विरोध र आलोचना भएपछि उनले उक्त भिडिओ हटाएर सार्वजनिक रूपमा माफी मागेका थिए ।

तर नेवार समुदायका केही व्यक्तिहरूले उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उनीहरूले चार वटा शीर्षकमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले सिंहलाई भदौ १२ गते पक्राउ गरेको थियो । त्यसपछि उनी ११ दिन हिरासतमा बसेका थिए ।

अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो । त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो । भदौ २३ गते छुटेका उनलाई कात्तिक १ गते प्रहरीले पुनः पक्राउ ग¥यो। सरकारी वकिलको कार्यालय काठमाडौंले २०७९ कात्तिक २ गते मुद्दा दर्ता गरेको थियो ।

Advertisement

काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक ३ गते न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पुर्पक्षको लागि २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर सिंह छुटेका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top