रुसी बमबारीबीच युक्रेनमा आँधीको कहर

१४ मंसिर, काठमाण्डौ।

रुससंग वर्षौदेखि युद्ध लडिरहेको युक्रेन अहिले भीषण हिमआँधीसंग पनि जुधिरहेको छ । युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रूससँगको युद्धका कारण ८०० भन्दा बढी गाउँ विद्युतविहीन भएका छन् ।

रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबार आँधीबेहरी र हिमपात भएको छ । युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो । युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले भने, ’आँधीका कारण १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्।’

Advertisement

अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौं गाउँहरू विद्युतविहीन भएका छन् । राज्यको दक्षिणी क्षेत्रमा आँधीले पु¥याएको क्षतिका कारण अवरूद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेको किभले बताएको छ । युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ‘८१२ बस्ती ऊर्जाविहीन’ भएको जनाएको छ ।

खराब मौसमका कारण ३६८ गाउँहरूमा प्रत्यक्ष असर परेको छ भने बिग्रिएका लाइन मर्मत गर्ने क्रममा अन्य ४४४ गाउँमा विद्युत सेवा अवरूद्ध बनेको छ । युक्रेनले आफ्नो ऊर्जा ग्रिडमा आक्रमण गर्ने डरलाग्दो नयाँ रूसी अभियानविरूद्ध हप्तौंदेखि तयारी गरिरहेको बताएको छ ।

Advertisement

यस्ता आक्रमणहरूले गत हिउँदमा लाखौंलाई अँध्यारो र चीसोमा दिनरात काट्नु परेको थियो । युक्रेनको सरकारी ऊर्जा कम्पनी युक्रेनेर्गोका अनुसार सबैभन्दा कठिन अवस्था दक्षिणी ओडेसा र खेरसन क्षेत्रमा रहेको छ । छिमेकी स्लोभाकिया, रोमानिया र मोल्दोभाबाट रातिको समयमा विद्युत् आयात गरिएको युक्रेनेर्गोले बताएको छ ।

आँधीका कारण क्रिमिया र दक्षिणी रूसमा चार जनाको मृत्यु भएको मस्कोबाट प्राप्त जानकारीमा उल्लेख छ ।क्रेमलिन समर्थित क्रिमियाका नेता सर्गेई अक्स्योनोभले प्रायद्वीपका मुख्य शहर सिम्फेरोपोल र समुद्री किनारको रिसोर्ट याल्टासहित १५ वटा नगरपालिकामा ‘आपतकालीन’ अवस्था घोषणा गरिएको बताएका छन् । उनले करिब ४३ हजार मानिस विद्युत्विहीन रहेको र ‘मर्मतको काम’ भइरहेको बताए । सोमबार आएको आँधीका कारण दक्षिणी रुस, क्रिमिया र कब्जा गरिएको युक्रेनका करिब २० लाख मानिस विद्युतविहीन भएको मस्कोले बताएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top