क्रिप्टोको प्रचारमा रोनाल्डोविरुद्ध मुद्दा,एक बिलियन क्षतिपूर्ति माग

१४ मंसिर ८०, शुक्रबार

१५ मंसिर,एजेन्सी ।
पोर्चुगिज सुपरस्टार तथा साउदी क्लब अल नासरबाट ब्यवसायिक फुटबल खेलिरहेका क्रिस्टियानो रोनाल्डोमाथि क्रिप्टो टोकनको प्रचार गरेको गम्भिर आरोप लागेको छ । क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले जारी गरेको क्रिप्टो टोकनको प्रचार गरेको घटनामा उनीविरुद्ध कारबाही माग गर्दै मुद्दा दायर गरिएको छ।

रोनाल्डोमाथि घाटाको व्यापारमा लगानी गर्न प्रेरित गरेको आरोप लगाइएको छ। उनीमाथि कम्तिमा १ बिलियन डलर क्षतिपूर्तिको माग गरिएको छ। उनीमाथि फ्लोरिडाको अदालतमा मुद्दा दायर गरिएको हो। रोनाल्डोजस्ता उच्च प्रोफाइल खेलाडीले क्रिप्टोको प्रचार गर्दा असुरक्षित लगानीमा प्रेरित गरेको मुद्दामा दाबी गरिएको छ।

बाइनान्स विश्वको प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज मध्ये एक हो। बाइनान्सको नन–फन्जिबल टोकन (एनटिएफ) लाई प्रचार गर्न रोनाल्डोले सम्झौता गरेका थिए। त्यतिबेला बाइनान्सले रोनाल्डोको लोकप्रियता र पहुँचको फाइदा उठाएर नयाँ प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्य राखेको बताइएको छ।

Advertisement

गत २०२२ नोभेम्बरमा रोनाल्डोले कम्पनीसँग टोकन प्रचार गर्न सम्झौता गरेका थिए। त्यतिबेला टोकनको जसबैभन्दा सस्तो मूल्य ७७ डलर थियो। एक वर्ष पछि यसको मूल्य १ डलरमा झरेको छ। त्यतिबेला एनटिएफले सिआर–७ टोकनको घोषणा गरेको थियो। क्रिप्टोको डिजिटल टोकन अनलाइन किन्न र व्यापार गर्न सकिन्छ।

रोनाल्डोलाई भेट्ने अवसर जस्ता पुरस्कार घोषणा गर्दै सिआर–७ टोकनको व्यापारमा आकर्षित गरिएको थियो। गत साता नै बाइनान्सका प्रमुख कार्यकारी चाङपेङ झाओले मनी लान्ड्रिङ उल्लङ्घनमा दोषी ठहरिएपछि कम्पनीबाट राजीनामा दिएका थिए। क्रिस्टोको कारोवार धेरै देशहरुमा अझै पनि प्रतिबन्ध छ ।

Advertisement

नेपालकी चर्चित नायिका प्रियंका कार्की पनि नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी थिइन । त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको थियो ।

केही समय अघि प्रतिबन्धित अनलाइन बेटिङ वानएक्सको वेबसाइटको प्रचार गरेको आरोपमा चर्चित कलाकारहरु पक्राउ परेका थिए । पक्राउ परेका कलाकारहरुलाई पछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top