गाजापट्टीको दक्षिणी क्षेत्रमा पनि इजरायली सेना

१८ मंसिर,एजेन्सी ।
इजरायलले आइतबार गाजापट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा दर्जनौँ मानिसको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सयौँ मानिस घाइते भएका जनाइएको छ । जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निसाना बनाएर आक्रमण गरिएको थियो ।

पछिल्ला केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ । यस्तै, गाजा सहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रस्थित एउटा घरलाई निसाना बनाएर गरिएको इजरायली बमबारीमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा सहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौँ मानिस मारिएको र घाइते भएका जनाएको छ । नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका घण्टाहरूमा इजरायली हवाई आक्रमणका कारण ८४ जनाको मृत्यु भएको जानकारी दिए ।

सरकारको मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले आइतबार गाजामा पछिल्लो २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका बताए । यसबीच इजरायली सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थालेको छ ।

इजरायली सेनाले गाजाको खान युनिस सहरको उत्तरी क्षेत्रबाट स्थलगत अभियान शुरु गरेको छ । यो शहरमा इजरायली सेनाको ट्याङकको तस्बिर देखिएको पनि खबरमा उल्लेख गरिएको छ । इजरायली रक्षा बल आइडिएफका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेभीले आक्रमणलाई बढाएको बताएका छन् । उनले तयारीका साथ मजबुत ढङ्गले आफ्ना सेनाहरु हमासविरुद्ध लडिरहेका दाबी गरे ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top