×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

तीव्र आर्थिक वृद्धि गर्ने मुलुक बन्यो भारत,नेपालको कति ?

१८ मंसिर २०८०

१८ मंसिर, एजेन्सी।
नेपालको अर्थतन्त्र धरमरमा रहेको बेला नजिकको छिमेकी भारतको भने ऐतिहासिक बढोत्तरीसहित अगाडि बढेको छ । विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अवस्थामा पुगेको भारत फेरि एकपटक तीव्र गतिमा आर्थिक वृद्धि गर्ने मुलुक बनेको छ । भारतमा सन् २०२३ को दोस्रो त्रैमासिकमा ७.६ प्रतिशतको आर्थिक वृद्धि भएको छ ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले दोस्रो त्रैमासिकको लागि जीडीपी ६.५ प्रतिशत हुने अनुमान गरेको थियो तर, वास्तविक तथ्याङ्कले अनुमानभन्दा बढी वृद्धि भएको देखाएको बीबीसी हिन्दीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अप्रिलदेखि जुनसम्मको कुल गार्हस्थ्य उत्पादन ६.१ प्रतिशत रहेको थियो ।

कोरोना महामारीपछि चीनको अर्थतन्त्र सुस्त हुँदा भारतमा भने आर्थिक वृद्धि उच्च देखिएको छ । जुलाई–सेप्टेम्बरमा भारतको जीडीपी दरले चीनको ४.९ प्रतिशत जीडीपी दरलाई पनि उछिनेको छ । तथ्याङ्क सार्वजनिक भएपछि अर्थ मन्त्रालयले एक्स(ट्वीटर)मा लेखेको छ– ’आर्थिक वर्ष २०२३ को दोस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ७.६ प्रतिशत थियो ।

जुन विज्ञहरूको औसत अनुमान ६.८ प्रतिशतभन्दा बढी मात्र होइन, विज्ञहरूले गरेको अधिकतम ७.४ प्रतिशत अनुमानभन्दा पनि बढी हो । प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान आर्थिक वृद्धिले भारतको अर्थतन्त्रको बल देखाएको बताएका छन् । गत त्रैमासमा सरकारी खर्च १२.४ प्रतिशतले बढेको छ । जुन गत वर्षको तुलनामा ०.७ प्रतिशतले कम हो ।

नेपालको अर्थतन्त्र समस्याग्रस्त भइरहेकै बेला भारतको अर्थतन्त्रमा सुधार भएको र ऐतिहासिक उचाईतर्फ अगाडि बढेको छ । समाचारअनुसार पहिलोपटक भारतीय अर्थतन्त्रले ४ ट्रिलियन डलरको उचाई पार गरेको छ । योसँगै विश्वकै सबैभन्दा चौथो ठूलो अर्थतन्त्र बन्ने दिशातर्फ भारत निकै नजिक रहेको समेत समाचारमा दाबी गरिएको छ ।

विश्वभरका विभिन्न अर्थतन्त्रहरुको जीडीपी लाइभलाई हेर्दा भारतले १८ नोभेम्बरमै ४ ट्रिलियन डलर उचाई पार गरिसकेको थियो । हाल चौथो ठूलो अर्थतन्त्रको रुपमा जर्मनी रहेको छ । उसको जीडीपीको साइज ४.२६० ट्रिलियन डलर रहेको छ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक वर्ष ०७८÷७९ मा भने नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहेको थियो । आगामी आव ०८०÷८१ (सन् ०२३÷२४) मा नेपालको आर्थिक वृद्धिदर थप खुम्चिएर ४.९ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।

विश्वव्यापी अर्थतन्त्रबारे विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । रुस–युक्रेन युद्धबाट दक्षिण एसियाली अर्थतन्त्र प्रभावित हुँदा नेपालको अर्थतन्त्रमा पनि असर परेको विश्व बैंकको भनाइ छ । चालू आवमा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सीमित हुने प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा यो क्षेत्रको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो । यसैगरी, आगामी आव ०२३÷२४ मा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top