९ दिनको संकल्प यात्रामा ओलीले सरकारविरुद्ध के–के भने ?

२१ मंसिर ८०, शुक्रबार

२२ मंसिर,काठमाण्डौ ।
नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ । झुलाघाटबाट आरम्भ भएको ‘संमृद्विको लागि संकल्प यात्रा’ को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू भएको छ । यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने कार्यक्रम रहेको छ । मेची—महाकाली यात्राका क्रममा लगातार हिडिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओली भने हरेक स्थानमा पुगेर सरकारकै आलोचनामा अधिकांश समय खर्चिने गरेका छन् ।

अघिल्लो बिहीबार मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली— मेची अभियानको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । उद्घाटनका क्रममा अध्यक्ष ओलीले यस अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए ।

Advertisement

जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए । अभियानको क्रममा शुक्रबार ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ की रहँदैन ? भन्ने आशंका रहेको बताए ।

डडेलधुरामा आयोजित सभालाई सम्बोधन गर्दै उनले गठबन्धन रही राखे सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्ने बताए । उनले वर्तमान सरकार हल्लिरहेकोले सरकार ढाल्नु नपर्ने बताए । यस्तै नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको आरोप पनि लगाए ।

Advertisement

अध्यक्ष ओलीले सरकारका वरपरका मानिसहरु भ्रष्टाचारमा लिप्त रहेको बताए । कांग्रेसलाई भरियाको उपमा दिएका ओलीले डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई भने उनकै गृहजिल्लामा आइपुगेको भन्दै फोनमार्फत हालखबर सोधेका थिए ।

अभियानका क्रममा शनिबार ओलीले अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताए । उनले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए ।

आइतबार नै अछामको विनायकमा ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए । उनले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताए ।

सोमबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताए । उनले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए ।

यात्राकै क्रममा बुधवार रुकुमपूर्वमा आयोजित कार्यक्रममा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताए । उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी गरे ।

मंगलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्नाबाट ओलीले राजनीतिक दलका स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताए । उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे ।

सोमबार दैलेखमामा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताए । उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए ।

गएको आइतबार दैलेखको राकममा ओलीले एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महंगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गरे ।

उनले महाकाली—मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको बताए । अभियानका क्रममा आज पोखरामा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताए ।

वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए । झुलाघाट—चिवाभञ्ज्याङ यात्रा पुस २ गते सम्पन्न हुनेछ । यस क्रममा नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको अध्ययन र त्यसआसपासका नागरिकको अवस्थाबारे अध्ययन गर्ने र नागरिकसँग जोडिने बताएको छ । यो अभियानलाई नेकपा एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

सम्बन्धित समाचार

Scroll to Top