×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको ज्यान गयो, ३१ जना बिरामी

२४ मंसिर २०८०

२४ मंसिर, लमजुङ । लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा भोज खाएकामध्ये एक जनाको ज्यान गएको छ । भाज खाएका अन्य २९ जना बिरामी परेका छन् ।

बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भइ सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।

Advertisement
Advertisement

प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ मा रहेको क्षेत्रबहादुर गुरुङको घरमा शुक्रवार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएका थिए ।

त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडीसीएस नमुना सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीया छोरी विद्यासहित २९ जना अहिले अस्पतालमा उपचारत छन् ।

भोज खाएका त्यही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिवारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा उनीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top