म्यानचेस्टर सिटीले जित्यो क्लब वल्र्डकप

६ पुस ८०, शनिबार

७ पुष,एजेन्सी । 
इंग्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति साउदी अरेबियाको जेदाहमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि जितेको हो । सिटीको जितमा जुलियन अल्भारेजले २ तथा फिल फोडेनले १ गोल गरे ।

उसले थप १ गोल उपहार पाएको थियो । फ्लुमिनेन्सका मोटा फिल्होले २७औं मिनेटमा आत्मघाती गोल गरेका थिए । सिटीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । गत सिजन पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि सिटीले क्लब विश्वकप खेल्ने मौका पाएको थियो ।

सिटी क्लब विश्वकप जित्ने चौथो इंग्लिस क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइटेड, लिभरपुल र चेल्सीले क्लब विश्वकप जितेका थिए । तर सिटी एकै क्यालेन्डर इअरमा पाँच उपाधि जित्ने पहिलो इंग्लिस क्लब बन्यो । गत सिजन प्रिमियर लिग र एफसी कपसहित च्याम्पियन्स लिग जितेर ट्रेबल उपाधि जितेको सिटीले अगष्टमा युइएफए सुपर कप पनि जितेको थियो ।

Advertisement

वर्षको अन्तिममा क्लब विश्वकप पनि जितेपछि सिटीले एउटा च्याप्टर सकाएको म्यानेजर पेप ग्पार्डिओलाले बताए । ‘यो वर्ष अद्भुत रह्यो ।’ उनले भने । ‘हामी हामी च्याप्टर बन्द ग¥यौँ । हामीले सक्नेजति सबै जित्यौँ । अब फेरी त्यस्तै गर्ने प्रयास गर्नेछौँ ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top