×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्राज्ञिक विद्यार्थी परिषद्को शैक्षिक सर्वेक्षण विराटनगरबाट सुरु

८ पुष २०८०

८ पुष,विराटनगर ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको छ । देशका ७७ वटै जिल्लामा आफ्नो सङ्गठनिक कार्य अगाडि बढाउदै आएको परिषद्ले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थी तथा प्राध्यापकलाई सर्वेक्षण फारम भराएको छ ।

Advertisement
Advertisement

शिक्षा क्षेत्रको समग्र सुधार गर्ने उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ वटा प्रश्न समावेश गरिएको परिषद्का राष्ट्रिय सचिव विवश कटुवालले जानकारी दिए । प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायतका विषय समावेश गरिएको परिषद्ले जनाएको छ ।

सर्वेक्षण अभियान पौष १५ गतेसम्म संचालन हुने कटुवालले जानकारी दिएका छन् । सङ्गठनले विभिन्न क्याम्पसमा ईकाइ गठन गरी विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ। परिषद्ले सात वटै प्रदेशमा अधिबेशन समेत सम्पन्न गरिसकेको छ ।

परिषद्का सदस्यहरुले सरसफाइ, ब्यक्तित्व विकास कार्यक्रम, कम्प्युटर प्रशिक्षण, सडक नाटक, रक्तदान, शैक्षिक गोष्ठी, जनचेतनामुलक र्यालीका साथै विभिन्न सामाजिक कार्यक्रमहरुमा स्वयंसेवकको भुमिका समेत निर्बाह गर्दै आएका छन् । शैक्षिक क्षेत्रलाई राजनीति मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्धेश्यसहित २०५२सालमा स्थापना भएको परिषद्मा अहिले ४० हजार सदस्य रहेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top