Ilab कोशी समूहद्धारा कार्यप्रगति प्रतिवेदन पेश

१४ पुस ८०, आइतबार

१५ पुष, विराटनगर ।

कोशी आइल्याव समूहले आफ्नो अवधारणा र आफूले गरेका कार्यहरूको प्रोग्रेस रिपोर्ट प्रस्तुत गरेको छ। प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्ने देशभरिबाट छनोट भएका ७ वटा समूहहरु मध्येको कोशी प्रदेशको समूहले यहि पुष १३ र १४ गते ललितपुरको गोदावरी भिलेज रिसोर्टमा भएको कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) को क्षेत्रमा नयाँ अवधारणा काम गरिरहेको छ ।

कोशी प्रदेशको उक्त समूहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम(TVET) को क्षेत्रमा अघि सारेको नयाँ अवधारणाले हाल मुर्तरुप लिदै गएको पाईएको छ । सोही कार्य प्रगति प्रतिवेदन कोशी समूहले पेश गरेको हो ।

काठमाडौँ युनिभर्सिटीका पदाधिकारी, सुदूरपश्चिमका मुख्य सचिव लगायतको उपस्थितिमा भएको कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रममा सात वटै समूहहरु कोशी आइल्याब समूह, सुदूरपश्चिम आइल्याब समूह, गण्डकी प्रदेश समूह ,सिटीभिटी समूह ,मधेस प्रदेशको समूह ,शंकरपुर आइल्याब समूह, बागमती आइल्याव रहेका छ्न ।जसमा कोशी समूहको भिजुवल डकुमेन्ट्री सहितको भएकाले यस समूहको कार्य प्रगतिलाई विशेष महत्वका साथ हेरिएको छ ।

कोशी समूह सदस्यहरुमा लाईफ लाइन हस्पिटल प्रालि दमककी प्रिन्सिपल बिना सुब्बा, सिटिभिटी कोशी प्रदेशका आइटी अफिसर नारद राई, क्वालिटि परियोजना कोशी प्रदेशका प्रोभिन्स म्यानेजर डा शिव प्रसाद दाहाल, मोरङ्गको बुढिगंगा गाउँपालिका स्थित श्रि जनप्रिय मा वि का टेक्स कार्यक्रम संयोजक लवकुमार यादव, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका टिभेट शाखा अधिकृत गोपालप्रसाद दाहाल, बुढिगंगा गाउँपालिकाका शिक्षा शाखा अधिकृत लक्ष्मी न्यौपाने, विभिन्न विकास साझेदार संस्थामा आवद्ध प्रतिक्षा गजुरेल र कम्प्युटर एसोसिएन अफ नेपाल महासंग मोरङ्ग शाखाका सचिव एवम आदर्श मा  वि का प्रशिक्षक अजित चापागाईँ रहेका छन ।

प्राविधिक शिक्षा तथा तालिमको गुणस्तर अभिवृद्दिमा कक्षाकोठा सुधार कार्यक्रम लागू गर्दा सिकाइ उपलब्धि अभिवृद्धि हुने र प्रशिक्षार्थी केन्द्रित शिकाइ हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कोशी प्रदेशका आइ टिअफिसर तथा कोशी आइल्याव समुहका सद्स्य समेत रहेका नारद राईको भनाई छ ।

यस आइल्याव कार्यक्रम र कोशी आइल्याव समूहले  (TVET) को गुणस्तर अभिवृद्धीका लागि गरिएका कार्यहरु व्यापक रुप अगाडी बढीरहने र सबै निकायहरु संघको साथ र सहयोगले कक्षा कोठा सुधार अवधारणाले सार्थक्ता लिने आइल्याव कोशी समूहकी सदस्य तथा विभिन्न विकास साझेदार संस्थामा आवद्ध रिसर्चर प्रतीक्षा गजुरेलको भनाई छ ।

यस कार्यक्रम अन्र्तगत क्लासरूम रिफर्म केसले मूर्त रूप लिदै जादाँ प्राविधिक शिक्षाको गुणस्तर वृद्दीमा भएका समस्या समाधानलाई यसले उल्लेखनीय भूमिका पु¥याउने सानो परिवर्तनले व्यापक सुधारको पहिलो खुडकिलो हुने र त्यसले आजको शैक्षिक जगतमा व्यापक रुपमा शिक्षाको दुवै क्षेत्र सैद्धान्तिक तथा प्र्रयोगात्मक शैक्षिक सिपको विकास गर्र्दै शिक्षा क्षेत्र सुधारको आधारशिला तयार पर्ने कोशी समूहले विश्वास लिइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top