×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

डेनमार्ककी महारानीले किन राजगद्दी त्यागिन ?

१६ पुष २०८०

१६ पुष,एजेन्सी ।
पूरानो राजतन्त्रात्मक युरोपेली देश डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी त्याग्ने घोषणा गरेकी छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा उनले यस्तो घोषणा गरेकी हुन् । विश्वकै बहालवाला एक मात्रै महारानी एवं युरोपमा सबैभन्दा लामो समय शासन गर्ने जिवित व्यक्तिका रुपमा रहेकी मार्गरेट द्वितीयले जनवरी १४ मा पद त्याग्ने भएकी हुन् ।

रानी बनेको ५२ वर्ष पुगेको अवसरमा उनले महारानीको पद त्याग गर्न लागेकी हुन् । टेलिभिजनमार्फत संबोधन गर्दै उनले भनिन्, “म सिंहासन मेरो छोरा क्राउन प्रिन्स फ्रेडरिकलाई दिँदै छु ।” डेनमार्ककको राजा बन्नै लागेका क्राउन प्रिन्स फ्रेडरिकले सन् १९९५ मा आरहस विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

Advertisement
Advertisement

डेनमार्कमा विश्वविद्यालय शिक्षा पूरा गर्ने उनी पहिलो शाही शासक बनेका थिए । आफ्नो अध्ययनको क्रममा उनले संयुक्तराज्य अमेरिकाको हार्वर्डमा पनि समय बिताएका थिए । ५५ वर्षे फ्रेडरिकले सन् २००० मा ग्रीनल्यान्डमा चार महिनाको स्की एक्सपेडिसनमा भाग लिएर साहसी व्यक्तिको रुपमा चर्चा पाएका थिए । उनकी पत्नी राजकुमारी मेरी अष्ट्रेलियाको तास्मानियामा हुर्केकी थिइन् ।

Advertisement

वकिलका रुपमा काम गरिरहेकी उनको भेट फ्रेडरिकसँग सन् २००० को ओलम्पिक खेलको समयमा सिड्नीको एक बारमा भएको थियो । ८३ वर्षीय मार्गरेटले सन् २०२३ को सुरुमा ढाडको शल्यक्रिया गरेपछिको समयमा गद्दी छोरालाई सुम्पिने घोषणा गरेकी हुन् । सन् १९७२ मा उनका श्रीमान् राजा फ्रेडरिक नवौंको निधनपछि मार्गरेट द्वितीय रानी बनेकी थिइन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top