×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

इरानमा खतरनाक विस्फोट, कसले गरायो ?

१९ पुष २०८०

१९ पुष, एजेन्सी।

इरानका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै दुईवटा ठूला विस्फोट भएका छन् । जसमा ज्यान गुमाउनेको सङ्ख्या १०३ पुगेको छ । बुधबार भएको विस्फोट लगत्तै कम्तीमा ७३ जनाको ज्यान गएको पुष्टि भएको थियो । सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो ।

Advertisement
Advertisement

घटनामा २१० जनाभन्दा धेरै घाइते भएका छन् । सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिसहरू चिहानतर्फ जाँदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ । पहिलो विस्फोट सुलेमानीको चिहानबाट करिब ७०० मिटर र दोस्रो एक किलोमिटर टाढा भएको थियो ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेइपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो । सन् २०२० मा उनको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारीको संज्ञा दिएका थिए । केरमन प्रान्तका उप–गभर्नरले यो घटनालाई आतङ्कवादी आक्रमण भएको टिप्पणी गरेका छन् ।

तर कसले विस्फोट गराएको हो भन्ने अहिलेसम्म यकिन भएको छैन । यसैबीच, इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कले विस्फोटको कारण अझै अनुसन्धान भइरहेको र उद्धार टोली घटनास्थलमा रहेको जनाएको छ । इरान सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

इरानका सबैभन्दा शक्तिशाली सैन्य कमान्डरमध्येका एक सुलेमानी सन् २०२० जनवरी ३ मा बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै तत्कालीन अमेरिकी सेनाको आदेशमा ड्रोन हमलामा मारिएका थिए । उनको गृहनगर केरमानमा अन्त्येष्टिपछि दफन गरिएको थियो ।

Advertisement
Advertisement

इरानले उक्त हत्यालाई राज्य आतंकवाद भन्दै निन्दा गरेको छ र बदला लिने घोषणा गरेको छ । पछिल्लो घटनापछि इरानका सर्वोच्च नेता अली खामेनीले आक्रमणकारीले कठोर प्रतिवादको सामना गर्ने बताएका छन् । इरानी राष्ट्रपति इब्राहिम रायसीले कायरतापूर्ण कार्यका दोषी र नेतालाई छिट्टै पहिचान गरी सजाय दिने घोषणा गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top