गौतम अदानी एसियाकै सबैभन्दा धनी, कति छ सम्पत्ति ?

२० पुष,एजेन्सी ।
कुनै समय नक्कली प्रतिवेदन पेश गरेको भन्दै केही दिनको अन्तरालमा नै खर्बौ सम्पत्ति गुमाएका भारतीय व्यापारी गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ ।

Advertisement

बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा १२ औं स्थानमा पुगेका छन् । अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए । गएको २४ घन्टामा अम्बानीको नेटवर्थ ६६ करोड ५० लाख डलरले बढेको छ ।

अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको शेयरमा व्यापक कमी आएको थियो । समूहले ३ खर्ब ५२ अर्ब भारु बराबरको बजार पूँजीकरण गुमाएको थियो ।

Advertisement

पछिल्ला महिनाहरुमा उक्त प्रतिवेदनको प्रभावबाट केही कमी आएको भएपनि प्रभाव सकिएको थिएन । यो विषयमा अदानी समूहले हिन्डेनबर्गमाथि मुद्दानै हालेको थियो । सर्वोच्च अदालतले यस मामिलामा आफ्नो फैसला सुनाएपछि अदानी समूहको शेयरमा व्यापक वृद्धि देखिएको छ ।

यस्तोमा कम्पनीको बजार पूँजीकरणसँगै अदानीको सम्पत्ति पनि बढिरहेको छ । यस मामिलामा सर्वोच्च अदालतले सेबीको जाँचलाई सही बाटोमा रहेको बताएको थियो ।२–४ मामिलामध्ये बाँकी रहेको २ मामिलामा पनि छानबिन गर्न अदातलले सेबीलाई ३ महिनाको समय दिएको थियो ।

Advertisement

हिन्डनबर्ग अनुसन्धान मामिलामा पुनः अनुसन्धानको प्रश्नमा सर्वोच्च अदालतको निर्णयपछि अदानी समूहको बजार पुँजीकरण बुधबार बढेर १५.११ लाख करोड भारतीय रुपैयाँ पुगेको छ। यसअघि १४.४७ लाख करोड भारतीय रुपैयाँ थियो।

भारतीय सर्वोच्च अदालतले बुधबार गरेको फैसलापछि अदानी समूहका कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेको थियो। अदानी एक भारतीय व्यवसायी हुन् । उनी अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । उनले सन् १९८८ मा अदानी समूहको स्थापना गरेका थिए ।

वर्तमान समयमा अदानी समूहले कोइला व्यापार, कोइला उत्खनन्, तेल र ग्यास खोज, बन्दरगाहहरू, मल्टी मोडल लजिस्टिक, बिजुली उत्पादन र ग्यास वितरणको काम गर्दै आएको छ । एउटा साधारण पृष्ठभूमिका अदानीले अपेक्षाकृत कम समयमा ९७ अर्बको व्यवसायिक कारोबारी साम्राज्य आदानी समूहको नेतृत्व गरिरहेका छन् ।

यो समूहले सन् २००६ मा आधुनिक मुन्द्रा बन्दरगाहको स्थापना गरेको थियो । जसलाई सन् २००६ मा लोयड्सले सबैभन्दा उत्कृष्ट बन्दरगाहको सूचीमा अग्र स्थानमा राखेको थियो । यो भारतको सबैभन्दा ठूलो व्यवसायिक बन्दरगाह हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top