×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा पनि सबै बाँचे

२८ पुष २०८०

२८ पुष, एजेन्सी ।

अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन् । अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर अघिल्लो राति दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको हो ।

Advertisement
Advertisement

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए, जो चमत्कारी ढंगले बाँचेका छन् । अमेरिकी नौसेना कमाण्डरले भने कि एमएच–६० आर हेलिकप्टर साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो । हेलिकप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो ।

सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरू घाइते भएको तर अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताए । यस सम्बन्धमा अहिलेसम्म थप जानकारी दिइएको छैन । घटनास्थलमा अमेरिकी कोस्ट गार्डका कर्मचारीहरू उपस्थित छन् ।

Advertisement

विभागले अहिले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । उनले हेलिकप्टरमा सवार सबै यात्रु सकुशल भागेको र कसैको पनि मृत्यु नभएको बताए । यसअघि नोभेम्बरमा पनि प्रशिक्षण अभ्यासका क्रममा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top