×

NEPAL TIMES UPDATES

Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026

नक्कली छोरीलाई नागरिकता दिएपछि वीरगन्जका मेयर फसे

७ माघ २०८०

७ माघ,काठमाण्डौ ।
नक्कली विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध व्यापक काराहीको माग गरिएको छ । उनीविरुद्ध कारवाहीको माग गर्दै सात वटा निकायमा जाहेरी तथा उजुरी परेको छ ।

फर्जीको मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालयदेखि लिएर गृह मन्त्रालयसम्म तथा पर्सा जिल्ला प्रशासन कार्यालय, पर्सा प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको हो ।

Advertisement
Advertisement

अरुको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै पर्साका स्थानीय तथा कांग्रेस समर्थकहरुले पहिलोपटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरियो । दर्ता नम्बर– १३२५ रहेको यो उजुरी नै मेयर सिंहविरुद्धको पहिलो उजुरी हो ।

योसँगै मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दर्जनभन्दा बढी उजुरी परेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ । त्यसपछि यही विषयमा छानबिनको माग गर्दै पर्सा प्रहरीमा अर्को जाहेरी प¥यो । मेयर सिंहसहित रुविना श्रेष्ठमाथि कारबाहीको माग गर्दै कांग्रेस पर्सा–२ का क्षेत्रीय सभापति महम्मद सहाबुदिनले पर्सा प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरी प्रमुख कोमल शाहले मेयर सिंहसहित २ जनाविरुद्ध फौजदारी अपराध अन्तर्गत जाहेरी परेको जनाउँदै त्यसमाथि छानबिन भइरहेको बताएका छन् । यसैगरी नागरिकता प्रकरणबारे यही साताभित्रै सत्यतथ्य छानबिनको माग गर्दै गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी दिइएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पर्साका नेताहरुले भेटघाट गर्दै सत्यतथ्य छानबिनको माग गर्दै उजुरी दिएको बताइएको छ । गृहमन्त्री श्रेष्ठले उजुरी बुझ्दै मेयर सिंहले दिलाएको नागरिकताबारे छानबिन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले समेत मन्त्रालयमा उजुरी परेको र त्यसमाथि सत्यतथ्य बुझ्ने काम भइरहेको बताएका छन् ।

यसअघि मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी परेको थियो । ‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको विषयमा उनीविरुद्ध १६ जनाले उजुरी दिएका थिए । सिंहले जन्म दर्ता लगायत सम्पूर्ण कागजपत्रहरू झुटो बनाएर २०७५ साल साउन १३ गते रुविना श्रेष्ठलाई वंशजको नागरिकता दिलाएको आरोप छ ।

किशोरीको नागरिकतामा बाबुको नाम राजेशमान सिंह र नागरिकता नम्बर १६०३१८८१७ खुलाइएको छ । सोही नागरिकता नम्बर सिंहले २०४५ साल वैशाख ६ गते जारी भएको नागरिकतामा उल्लेख छ । किशोरीको नागरिकतामा आमाको नाम भने खुलाइएको छैन ।

‘नागरिकता ऐन विरुद्ध आपराधिक कार्य गरेकोले उजुरी उपर अनुसन्धान गरी रुविना श्रेष्ठले लिनु भएको नागरिकता, राहदानी खारेज गरी दुवै विपक्षीलाई हदैसम्मको दण्ड सजाय हुने गरी कारबाही गरी पाऊँ’ प्रशासनमा बुझाइएको उजुरीमा उल्लेख छ ।

मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार एवं निवर्तमान मेयर विजयकुमार सरावगीलाई पराजित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट राजेशमान सिंह निर्वाचित भएका थिए ।

Advertisement
Advertisement

उनी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिंह तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट मेयरमा प्रतिस्पर्धा गर्दा तेस्रो भएका थिए। तर सिंह पछिल्लो निर्वाचनको केही महिनाअगाडि मात्रै लोसपा त्याग्दै जसपा प्रवेश गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top